काठमाडौं – सिद्धार्थ इन्स्योरेन्स लिमिटेड को संचालक समितिको अध्यक्षमा रतनलाल केडिया चयन भएका छन्। समतिको १४९ औं बैठकले संचालक समितिको अध्यक्षमा केडियालाई चयन गरेको हो।
केडिया यस अघिपनि अध्यक्ष रहेका थिए। असाढ १३ गते सम्पन्न कम्पनीको १७ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संंचालक समितिमा प्रतिनिधित्व हुने ३ जना संचालकहरुमा केडिया, पवनकुमार अग्रवाल र राहुल अग्रवाललाई ४ वर्षको लागि निर्विरोध निर्वाचित गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४