मंगलबार, साउन २६, २०८३

नेपालकाे सुखद सुरुवात : चीन १० विकेटले पराजित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- मलेसियामा जारी एसिसी यु-१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले सुखद सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा चीनलाई १० विकेटले पराजित गर्दै सुखद सुरुवात गरेको हो । 

चीनले दिएको ५४ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले मात्र ५ ओभरमा विना विकेटको क्षतीमा पुरा गर्यो । ओपनर ब्याट्सम्यान पवन सरार्फको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले सहजै लक्ष्य पुरा गर्यो । उनले २१ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै अविजित ४६ रनको पारी खेले । अर्का ओपनर रित गौतम १० रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चीनले २३.१ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५३ रन बनाउन सकेको थियो । चीनका लागि ओपनर ब्याट्सम्यानद्वय गुओहाओ गाओ र लियङ चेनले सर्वाधिक १३-१३ रन बनाउन बाहेक अन्य ब्यट्सम्यानले दोहोरो अंकमा रन छुन सकेनन् । 

नेपालका बलर सामू निरही देखीएका चीनका अन्य तीन ब्याट्सम्यानले ४-४ रन बनाए भने एक ब्याट्सम्यानले तीन जोडे । चीनलाई सस्तैमा समेट्न नेपालका लागि सागर ढकालले सर्वाधिक ६ विकेट लिए । 

उनले ९.१ ओभर गर्दै मात्र १९ रन खर्चेर ६ विकेट लिएका हुन् । त्यस्तै टिलक राज भण्डारीले ७ ओभरमा १५ रन खर्चर्द तीन विकेट लिए भने कमल सिंह ऐरीले एक विकेट लिए । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।