काठमाडौं- मनसुन भित्रिए पनि तत्काल मुलुकका कुनै पनि भागमा असारे झरि पर्ने सम्भावना नरहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
मनसुन सक्रिय पार्ने वायु भारतमै अल्झिएका कारण तत्काल झरि पर्ने सम्भावन नदेखिएको मौसमविद्हरुले बताएका छन् । मनसुन सक्रिय नहुँदा देशैभर गर्मी बढेको छ।
केही दिन यता ठूलो वर्षा नभएकै कारण तापक्रम बढेको महाशाखाले जनाएको छ। महाशाखाकी मौसमविद् समिर श्रेष्ठले अझै तिन चार दिनसम्म मनसुन सक्रिय हुन नसक्ने जानकारी दिए । उनका अनुसार मनसुनी वायु भारततर्फ सक्रिय भएकाले नेपालमा कमजोर बनेको छ ।
यसपटक मनसुन नै करिब १० दिन ढिला गरी नेपला भित्रिएको छ । प्रायः जुन १० मा भित्रिने मनसुन यसपटक जुन २० मा भित्रिएको थियो ।
मौसमविद् श्रेष्ठाका अनुसार एकसातामा देशैभर मनसुन सक्रिय हुने र झरी पर्ने छ । यद्यपी अहिले पनि ठाउँ ठाउँमा वर्षा भने भइराखेको छ । बुधबार देशको पूवी, मध्य तथा पश्चिमी क्षेत्रमा वर्षा हुने महाशाखाले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४