एजेन्सी- स्ट्राइकर गाब्रिएल जिसस चम्कदा कोपा अमेरिका फुटबल अन्तरगत ब्राजिलले अर्जेन्टिनालाई पराजित गरेको छ । घरेलु टोली ब्राजिलले अर्जेन्टिनालाई २-० गोलले पराजति गरेको हो । पराजित भएसँगै अर्जेन्टिना प्रतियोगिताबाट बाहिरिएको छ ।
ब्राजिलको जितका लागि गाब्रिएल जिसस र रोबर्टो फिर्मिनो दुबैको दुबै गोलमा उत्किै महत्वपूर्ण भुमिका रह्यो । दुबैले एक एक गोल गर्दा एक अर्कालाई असिस्ट समेत गरेका थिए ।
घरेलु मैदानमा भएको खेलको १९ औं मिनेटमा जिससले गोल गर्दै अग्रता दिलाए । जिससका लागि फिर्मिनोले असिस्ट गरेका थिए । पहिलो हाफमा १-० ले अग्रता लिएको ब्राजिलले दोस्रो हाफमा थप एक गोल गर्यो ।

खलको ७१ औं मिनेटमा फिर्मिनोले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारे । उनले जिससको पासमा गोल गरेका हुन् । यस जितसँगै ब्राजिल घरेलु मैदानमा आयोजना भएको कोपा अमेरिकाको फाइनल प्रवेश गरेको छ ।
अब उपाधिका लागि ब्राजिलले चिली र पेरुबीचको विजेतासँग नेपाली समय अनुसार ७ तारीख राती १:४५ बजे खेल्ने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४