काठमाडौं- राजधानीबाट प्रकाशित बुधबारका राष्ट्रिय दैनिक अखबारहरुले विविध विषयका खबरलाई प्राथमिकतामा पारेका छन् ।
कसैले पशुपतिबाट मूर्ति गायव भएको विषयलाई मुख्य समाचार बनाएका छन् भने कसैले विशिष्टको सुरक्षामा सशस्त्रको एक बटालियन टोली नै खटिएको विषयलाई मुख्य समाचार बनाएका छन् । कसैले भने शीर्ष तीन नेता ओली, प्रचण्ड र देउवाका कारण संक्रमणकालिन न्यायको काम अल्झिएको विषयलाई प्राथमिकताका साथ छापेका छन् ।
आजको अन्नपूर्ण पोस्ट्ले एकपछि अर्को गर्दै धमाधम पशुपति क्षेत्रका मूर्तिहरु गायब भएको विषयलाई मुख्य समाचार बनाएको छ । गोलाकारमा फैलिएको पाशुपातको अस्तित्वनै खतरामा पर्ने गरि मूर्तिहरु हराएको समाचारमा उल्लेख छ ।
पशुपति स्वयमसेवक संघका अनुसार पाशुपत क्षेत्रका नौ शक्तिपिठमध्येका महत्वपूर्ण दुई शक्तिपीठ कोटेश्वरी र झुक्केश्वरीका मुर्ति हराएका छन् ।
महास्नाा घरको पूर्वपट्टिको शंकरनारायणको मुर्ति, रुद्रगाडेश्वरबाट राम र पर्शुरामको मुर्ति हराएको छ । २०४४ सालमा पशुपति क्षेत्र विकास कोषको स्थापना भएपछि झनै धेरै मुर्तिहरु हराउन थालेको समाचारमा जनाइएको छ ।
यस्तै अन्नपूर्ण पोस्ट्ले पूर्वराज्यमन्त्री सञ्जयकुमार साह टक्लालाई जिल्ला अदालत धनुषाले दोब्बर जन्मकैदको फैसला सुनाएको विषयलाई पनि महत्वका साथ छापेको छ । सञ्चार उद्यमी अरुण सिंघानियाको हत्या काण्डमा संलग्न भएको अभियोगमा उनीमाथि अदालतले दोब्बर जन्मकैदको फैसला गरेको हो ।
आजको नागरिक दैनिकले भने विशिष्टको सुरक्षामा एक बटालियन सशस्त्र शीर्षकमा मुख्य समाचार छापेको छ । विशिष्टको सुरक्षाका लागि ५ सय ४६ सुरक्षाकर्मी र चालक खटिएका छन् ।
शिष्ट व्यक्तिलाई सुरक्षा खतरा नभए पनि घरेलु कामदारका रुपमा सुरक्षाकर्मी खटिदा सशस्त्र प्रहरीको एक बटालियन जनशक्ति कार्यक्षेत्र भन्दा बाहिर रहेको समाचारमा उल्लेख छ ।
विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि २०७० मा गृहमन्त्रीलाई १० जना र पूर्वगृहमन्त्रीलाई २ जना सुरक्षाकर्मी दिने व्यवस्था छ । तर मापदण्डविपरीत पिएसओ, चालक र सहयोगीका रुपमा सुरक्षाकर्मी खटाइएको अवस्था छ।
स्रोतका अनुसार विशिष्ट व्यक्तिको सुरक्षाका लागि दुई जना डिएसपी, ८ इन्स्पेक्टर, ३७ सई, १९ असई, ३३ वरिष्ठ हबलदार, ५० हबलदार, १ सय १६ सहायक हबलदार र २ सय ४५ जवान परिचालित छन्। त्यस्तै १९ परिचर र १७ चालक पनि विशिष्ट व्यक्तिको सुरक्षामा खटिएका छन्।
सबैभन्दा बढी निर्मल निवास र पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका लागि दुई डिएसपीको कमानडमा १ सय ११ जना खटाइएको छ। त्यसैगरी प्रधानमन्त्री केपी ओलीको सुरक्षाका लागि ४६ जना सशस्त्र प्रहरी खटिएका छन्।
यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा अध्यक्ष पुष्पकमल दाहालको निवासमा सुरक्षा बेस क्याम्प खुमलटार नाम दिएर प्रहरी निरीक्षकको कमान्डमा ४८ जना सशस्त्र प्रहरी खटिएका समाचारमा जनाइएको छ ।
यस्तै नागरिकले काठमाडौंमा माक्स लगाएर हिड्नै नसक्ने अवस्था रहेको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ । प्रधानमन्त्री केपीशर्मा ओलीले माक्स लगाएर हिड्नेहरु देख्न छाडे भनेर अभिव्यत्तिल दिएको ४ दिन पछि लेखिएको समाचारमा ओलीको बोली झुट भन्दै आलोचनासमेत गरिएको छ ।
कान्तिपुर दैनिकले भने अध्यक्ष कसलाई बनाउने भन्नेमा राजनीतिक सहमति नजुटदा संक्रमणकालीन न्यायिक संयन्त्रका दुई आयोग पुनर्गठनमा ढिलाइ भइरहेको विषयलाई मुख्य समाचार बनाएको छ ।
तीन नेतामा अल्झियो संक्रमणकालिन न्याय शीर्षकमा खबर लेखेको उसले संक्रमणकालीन न्यायको विधि तय गर्न र त्यसमा आफ्नो स्वार्थ पूरा गर्ने खालको व्यक्ति छनोट गर्न सत्तापक्ष र विपक्षका तीन शीर्ष नेताहरूबीच रस्साकसी हुँदा सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग तीन महिनादेखि पदाधिकारीविहीन भएका छन् ।
पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा ३ महिनाअघि सिफारिस समिति बनेको भए पनि राजनीतिक सहमति नजुटेकाले उसले समेत सिफरिस गर्न नसकेको समाचारमा उल्लेख छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४