मंगलबार, साउन २६, २०८३

सम्पूर्ण अपडेट- आज के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- आज असार १७ गते बुधबार कहाँ के-के भयो? अब थाहा पाउनुहोस्, नेपाल समय दिनभरी।

सिंघानिया हत्याकाण्डमा पूर्व सांसद संजय 'टक्ला' लाई जन्मकैद

जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा समेत पूर्वसांसद एवं राज्यमन्त्री संजय साहलाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ।

गोली प्रहार गरी चार लाख लुटियो

गैडहवा गाउँपालिका–४ का रेशमकुमारी मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको रु चार लाख आज अपराह्न ४ बजे मोटरसाइकलमा आएका दुई व्यक्तिले लुटेको प्रहरीले जनाएको छ।

त्रिवि रजिस्टारले स्वीकारे नतिजा त्रुटि

त्रिवि रजिस्टार डिल्लीराम उप्रेतीले नतिजा प्रकाशनमा संस्थागत नभई व्यक्तिगत त्रुटि भएको बताएका छन्।

आइजिपीको कुर्सी हल्लाउने यी चार काण्ड 

नेपाल प्रहरीका अब्बल, निडर र व्यावसायिक छवि बनाएका सर्वेन्द्र खनाल ०७४ चैत २७ गते आइजीपी बने। जनमानसको जिभ्रोमै झुन्डिएको थियो- प्रहरी हुनु त सर्वेन्द्र जस्तो।

आइफा आवार्डबारे सञ्चारमन्त्री भन्छन् : बजेट दिने सोचाइमा छैनौं

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले आइफा अवार्डका लागि बजेट दिने सोचाइमा सरकार नरहेको स्पष्ट पारेका छन्।

वीरगन्ज नाकाबाट भित्रियो १ खर्ब ५ अर्बको इन्धन

व्यापार घाटा कम गर्न वैकल्पिक ऊर्जा प्रयोगमा जोड दिइरहेका बेला वीरगन्ज नाकाबाट चालू आर्थिक वर्षको ११ महिनामा १ खर्ब ५ अर्ब ४७ करोड रुपैयाँ मूल्य बराबरको पेट्रोलियम पदार्थ भित्रिएको छ।

पल्सर स्पोर्टस् अवार्डमा प्याराग्लाईडिङको वर्चश्व

एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड २०७५ का विभिन्न विधामा प्याराग्लाईडिङले वर्चश्व जमाएको छ।

सुन तस्करीको आरोपमा उच्च अदालतका न्यायाधीश बर्खास्त

साढे ३३ किलो सुन तस्करीमा मुछिएका उच्च अदालत विराटनगरका न्यायाधीश उमेश सिंह सेवाबाट बर्खास्त भएका छन्।

अमेरिकी भिसा शुल्कमा ५० प्रतिशत छुट

अमेरिकाले नेपालीका लागि भिसा शुल्कमा ५० प्रतिशत छुट दिएको छ।

बसको ठक्करबाट बालिकाको मृत्यु

काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटमा बा२क ९९७४ नम्बरको स्कुलबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ। 

माधव नेपालले भने- 'सरकार अलोकप्रिय बन्यो'

नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार अलोकप्रिय बन्दै गएको बताएका छन्। नेता नेपालले पूर्वाधारविनाका योजना घोषणा, मनपरी नियुक्ति, अवकाशलगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए।

आर्थिक विधेयकविरुद्ध आन्दोलनमा जाने बारको चेतावनी

नेपाल बार एशोसिएसन जनकपुरले सरकारले ल्याएको आर्थिक विधेयकको विरोध गरेको छ।

प्रचण्ड र विनाले यसरी सम्झिए प्रकाशलाई

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अल्पायुमा नै निधन भएपनि प्रकाश दाहालको योगदान अभुतपुर्व रहेको बताएका छन्।

जेब्राक्रसिङमै तार ओछ्याएपछि...

राजधानीको नयाँ बानेश्वरस्थित व्यस्त सडकको जेब्राक्रसिङ, जहाँबाट पाँच मिनेट अवधिमा कम्तीमा ३०० जनाले बाटो काट्छन्।

प्राविधिक खटिनुअघि बनाइएका घरलाई एकमुष्ट तीन लाख 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ।

अधिकारकर्मीले किन घेरे श्रीलंकाली दूतावास ?

लागूऔषध मुद्दामा जेल सजाय भोगिरहेका ४ श्रीलंकाली नागरिकलाई मृत्युदण्ड दिने निर्णयको विरोधमा नेपालका मानवअधिकारवादी संघसंगठनले मंगलबार काठमाडौंस्थित श्रीलंकाली दूतावास घेराउ गरेका छन्।

असारे विकास : एकै दिनमा साढे १० अर्ब खर्च

११ महिनासम्म सुस्ताएर बस्ने र असार लागेपछि विकासका नाममा भए भरको पैसा असारे भेलमा फाल्ने प्रवृति यसवर्ष पनि मौलाएको छ ।

छैटौं पटक स्थगित भयो प्रदेश सभा बैठक 

सुदूरपश्चिम प्रदेश सभाको बैठक छैटौँ पटक सारिएको छ।

सुदूरपश्चिम प्रदेश : दलीय अडानले बजेटमा छलफलै हुन सकेन

बजेट विवादबारे छलफल गर्न सत्ता पक्ष र प्रतिपक्षबीचको बिहान बसेको पाँचौँ  पटकको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ।

आज मेघगर्जनसहित वर्षा हुने, यस्ताे छ माैसमी विवरण

केहि दिन यता बढेको तापक्रम मथ्थर पार्ने गरि मंगलबार (आज) देशका विभिन्न ठाउँमा मेघगर्जनसहित वर्षा हुने भएको छ । 

काठमाडौँको सिनामंगलमा दुईवटा माइक्रो जुध्यो

काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि दुईवटा माइक्रोबस एकापसमा जुधेका छन् । 

चितवनबाट समातियो २ सय २० केजी गाँजा

चितवनबाट प्रहरीले परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ । 

कैलालीमा एकैसाथ १२ किशोरी ढले 

कैलालीको भजनी नगरपालिका–१ स्थित महुन्याल माध्यमिक विद्यालय भजनीमा अध्ययनरत छात्रामा अनौठो समस्या देखिएको छ । 

विश्‍वमा आज : कहाँ के-के भयो ?

कम्बोडियाली प्रधानमन्त्री हुन सेन मङ्गलबार स्वीट्जरल्याण्डको जेनेभामा आयोजना हुने विश्व व्यापार संगठनको वार्षिक बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।