रुपन्देही - गैडहवा गाउँपालिका–४ का रेशमकुमारी मल्लले लुम्बिनीस्थित कृषि विकास बैंकबाट निकालेको रु चार लाख आज अपराह्न ४ बजे मोटरसाइकलमा आएका दुई व्यक्तिले लुटेको प्रहरीले जनाएको छ।
सु१ह ३३७ नम्बरको अटो रिक्सामा लुम्बिनीबाट गैडहवातर्फ जाँदै गरेका मल्ल चढेको इरिक्सा चोकमा रोकेर पेस्तोल तेर्साएर रकम लुटेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए।
मोटरसाइकलमा आएका दुई जना व्यक्तिले रकम लुटी फरार भएका छन्। उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। लुटेराहरूको गोली रिक्साको टायरमा मात्रै लागेकाले मानवीय क्षति नभएको प्रवक्ता भण्डारीले बताउनुभयो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४