मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिंघानिया हत्याकाण्डमा पूर्व सांसद संजय 'टक्ला' लाई जन्मकैद

सिंघानिया हत्याकाण्डमा पूर्व सांसद संजय 'टक्ला' लाई जन्मकैद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - जनकपुरका सञ्चार उद्यमी अरुण सिंघानिया हत्याकाण्डमा समेत पूर्वसांसद एवं राज्यमन्त्री संजय साहलाई जिल्ला अदालत धनुषाले जन्मकैदको फैसला सुनाएको छ। यसअघि अदालतले पाँचजनाको ज्यान जाने गरी भएको जनकपुर बमकाण्डमा साहलार्इ जन्मकैदको फैसला सजाय सुनाएको थियो।

सिंहानिया हत्याको करिब १० वर्षपछि १४ जेठदेखि जिल्ला अदालत धनुषामा सुनवाइ सुरु भएको थियो। मुद्दाको सुनवाई गर्दै जिल्ला अदालत धनुषाका न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले पूर्वसांसद साहसहित दुईजनालाई जन्मकैदको फैसला सुनाएको हो। 

अदालतले हत्यामा संलग्न रहेको भन्दै सुटर मनक लामालाई पनि जन्मकैदको सजाय सुनाएको छ। लामाले संजयले भनेपछि आफूले सिंहानियाको हत्या गरेको अदालतसमक्ष बयान दिएका थिए। साह अहिले ललितपुरको नख्खु कारागारमा छन् भने लामा पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागारमा छन्।

यसैगरी साहको नजिकका भनिएका रामविनोद यादवलाई तीन वर्ष, एकलाल सहनीलाई १० वर्ष, चन्द्रदीप यादवलाई १० वर्ष, पवन लामालाई १० वर्ष र मुकेश चौधरीलाई २० रुपैयाँ जरिवाना गरिएको हो।

घटनमा संलग्न भनिएपनि रामकरण, ओमप्रकाश यादव र अंसी राईनले सफाइ पाएका छन् भने दिपेन्द्रलाई मुलतबीमा राखिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।