काठमाडौं - काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–४ पासिकोटमा बा२क ९९७४ नम्बरको स्कुलबसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।
दुर्घटनामा परी पासिकोट बस्ने पाँचथर घर भएका दिनेश नेपालीका तीन वर्षीया छोरी सुजितीको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको उपचारका लागि न्यूरो अस्पताल बाँसबारीतर्फ लैजाने क्रममा बाटो मै मृत्यु भएको हो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४