मंगलबार, साउन २६, २०८३

सञ्चारकर्मीको वृत्ति विकासका लागि सरकार निरिह

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम – सञ्चारकर्मीहरुको हकहित, वृत्ति विकास र सञ्चार संस्थाको दिगो विकासका लागि तीनवटै तहका सरकार निरिह बनेको आरोप सञ्चारकर्मीहरुले लगाएका छन्।

मुलुक संघीयतामा गइसकेपनि विगत झैं अहिलेपनि पत्रकारिता पेशामाथि दमन शोषण जारी रहेको उनीहरुको आरोप छ। मुलुकको नयाँ संरचनामा प्रदेश र स्थानीय सरकारबाट पत्रकारको आवरणमा रहेका गलत व्यक्तिहरुलाई सहयोग गर्ने तर पत्रकारिता पेशामा आवद्ध भइ संघर्ष गरिरहेकाहरु उपेक्षित भइरहेको कार्यक्रमका सहभागी सञ्चारकर्मीहरुको भनाइ थियो।

भूमिजा मिडिया प्रा.लि.ले मंगलबार जनकपुरमा आयोजना गरेको पत्रकारहरुको वृत्ति विकास र सञ्चार संस्थाको दिगो विकाससम्बन्धी गोष्ठीमा बोल्दै प्रदेश २ का राजपा सचेतक परमेश्वर साहले पत्रकारहरुको क्षमता अभिवृद्धिका लागि सदन र सरकारमा समेत आवाज उठाउने प्रतिवद्धता व्यक्त गरे। सञ्चारकर्मीहरुको हकहित र संरक्षणका लागि आफू सदैव सहयोग गर्न तयार रहेको उनले बताए।

नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले पत्रकारहरुको सहयोगले स्थापना भएको प्रदेश र स्थानीय सरकार पत्रकारिता पेशाको संरक्षण र विकासका लागि कुनै सहयोग नगरेको गुनासो गरे। पेशागत संघ संगठनलाई लत्याउँदै प्रदेश सरकारले पत्रकारिता प्रशिक्षणसहित विभित्र योजनाको नाममा लाखौं रुपैयाँ गलत व्यक्तिलाई बाँडेर दुरुपयोग गरेको उनको आरोप थियो।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीले पत्रकारहरुको वृत्ति विकास र क्षमता अभिवृद्धिका लागि प्रादेशिक पत्रकारिता प्रशिक्षण केन्द्र, प्रादेशिक सञ्चार माध्यम स्थापना गर्नुपर्नेमा जोड दिए ।

सचेतक साहको संसदीय विकास कोषको सहयोगमा भूमिजा मिडिया प्रा.लि. का अध्यक्ष राजेश कर्णको अध्यक्षतामा सम्पत्र कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव किरण कर्ण, सामुदायिक रेडियो प्रसारक संघका अशोक दत्त मधेशी पत्रकार समाज धनुषाका सुभाष कर्ण, प्रेस चौतारीका अवधेश कामत, प्रेस युनियनका राजन सिंह, संघीय प्रेस फोरमका अर्जुन मण्डल लगायत एक दर्जनभन्दा बढी पत्रकारहरुले आ आफ्ना धारणा राखेका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।