मंगलबार, साउन २६, २०८३

प्रचण्ड र विनाले यसरी सम्झिए प्रकाशलाई

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अल्पायुमा नै निधन भएपनि प्रकाश दाहालको योगदान अभुतपुर्व रहेको बताएका छन्। 

३८ औं जन्मजयन्तीको अवसरमा प्रकाश दाहाल प्रतिष्ठानले मंगलबार काठमाडौंमा गरेको सगरमाथा आरोही सम्मान कार्यक्रममा नेकपाका अध्यक्ष एवं प्रकाशका पिता दाहालले उनको योगदानलाई स्मरण गरेका हुन्। 

प्रचण्डले ३६ वर्षको छोटो उमेरमा नै छोराको आकस्मिक निधन हुँदा परिवार, पार्टी र सिंगो देश नै स्तब्ध भएपनि छोटो समयअवधिमा पनि प्रकाश दाहालले दिएको योगदान अभूतपुर्व रहेको टिप्पणी गरे। उनले युद्ध र शान्ति प्रक्रियालाई धेरै नजिकबाट बुझ्ने मौका पाएका प्रकाशले जीवनका सबै तितामिठा अनुभवहरु बटुलेकाले छोटो अवधिमा पनि पूर्ण जीवनको अनुभव लिएको बताए।

कार्यक्रममा खानेपानी मन्त्री विना मगरले श्रीमान् प्रकाश दाहालको राजनीतिक योगदान र शाहसिक चरित्रको स्मरण गरिन्। कार्यक्रममा सगरमाथा आरोहणसंग सम्बन्धित व्यक्तित्वहरुलाई साहसिक सगरमाथा सम्मानबाट सम्मानित गरिएको थियो। आरोहीहरु छिरिङ थुन्दु शेर्पा, माया शेर्पा, कोरियन नागरिक युम होङ गिल र नेपाल सरकारका शाखा अधिकृत ज्ञानेन्द्र कुमार श्रेष्ठलाई सम्मान गरिएको हो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।