धनगढी - सुदूरपश्चिम प्रदेश सभाको बैठक छैटौँ पटक सारिएको छ। मंगलबार दिउँसो ३ बजे बोलाइएको प्रदेश सभा बैठक सभामुखको निर्देशन पछि बुधबार अपरान्ह ४ बजेसम्मका लागि स्थगित गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव राम सिंह धामीले बताए।
यसअघि प्रतिपक्षी दलका सांसदहरुको उपस्थिति नभएपछि सुदूरपश्चिम प्रदेश सभाको बैठक पाँचौँ पटक आइतबार कार्यसूचीमै प्रवेश नगरी सारिएको थियो। प्रदेश सरकारले असार १ गते ल्याएको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको विरोधमा प्रतिपक्षी दलहरूले लगातार संसद् अवरुद्ध पार्दै आएका छन्।
बजेटका विषयमा सरकार र प्रतिपक्षी बीच वार्ता भएपनि सहमति भने भइसकेको छैन। जसको कारण आजको प्रदेश सभा बैठक पनि सारिएको बुझिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४