काठमाडौं - अमेरिकाले नेपालीका लागि भिसा शुल्कमा ५० प्रतिशत छुट दिएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले भिसा शुल्क घटाएको मंगलबार जानकारी दिएको छ। भिसा शुल्क नेपालबाट अध्ययनका लागि अमेरिका जाने नेपाली विद्यार्थीका लागि मात्र घटाएको दूतावासले जनाएको छ।
नेपाली विद्यार्थीसँग ‘भिसा पारस्परिकता इस्युएन्स’ शीर्षकमा लिँदै आएको २ सय अमेरिकी डलर अर्थात् २२ हजार १४६ रुपैयाँ छुट दिने निर्णय दूतावासले गरेको हो।
दूतावासले यो निर्णय जुलाई १ देखि लागू भएको छ। ‘१ जुलाई २०१९ देखि अमेरिका अध्ययन भिसा पाउने सबै नेपाली विद्यार्थीले २०० डलर भिसा पारिस्परिकता इस्युएन्स शुल्क तिर्नुपर्ने छैन’, दूतावासले भनेको छ, ‘आवेदन तथा सर्भिस शुल्कचाहिँ लाग्नेछ।’
दूतावासको यो निर्णयसँगै अब अमेरिका जाने नेपाली विद्यार्थीको भिसा शुल्क ५० प्रतिशतले कमी हुनेछ । दुवै देशले भिसा नीति परिमार्जन गरी पारिस्परिक बनाएसँगै विद्यार्थी भिसाको शुल्क कटौती भएको हो। यसअघि अमेरिका पढ्न जाने नेपाली विद्यार्थीसँग दूतावासले ३६० अमेरिकी डलर शुल्क लिँदै आएको थियो। यसमा १६० भिसा शुल्क र विद्यार्थीका लागि थप २०० डलर थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४