मंगलबार, साउन २६, २०८३

माधव नेपालले भने- 'सरकार अलोकप्रिय बन्यो'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार अलोकप्रिय बन्दै गएको बताएका छन्।

नेता नेपालले पूर्वाधारविनाका योजना घोषणा, मनपरी नियुक्ति, अवकाशलगायत क्रियाकलापका कारण जनतामा असन्तुष्टि बढ्दै गएको बताए।

उनले नेतृत्वले सधैँ विचारमा रहेको विविधतालाई सकारात्मक रुपमा लिँदै आलोचना र टिप्पणीप्रति सकारात्मक हुन सक्नुपर्ने बताए। 

उनले भने, ‘कुनै पनि चिजको परीक्षण व्यवहारबाटै हुन्छ । सिद्धान्तको परीक्षण व्यवहारबाट हुन्छ । व्यवहारले सही साबित ग¥यो भने त्यो सिद्धान्त जीवनदर्शन हुन सक्छ । व्यवहारले ठिक ढंगले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिमार्जित गर्नुपर्ने आवश्यकता पर्छ ।’

नेपालमा गर्न लागिएको भारतीय सिने अवार्डलाई लिएर भएका विभिन्न टिप्पणीहरुको सन्दर्भमा उनले आफ्नो मुलुकका लागि हुने लाभहानिको विश्लेषण गरी निर्णय गर्नुपर्ने धारणा राखे।

उनले भने, ‘आफ्नो देशको साधनहरु संयन्त्रलाई प्रतिकूल असर नपरोस् भनेर सोच्नुपर्छ । राष्ट्रिय पुँजी मासिएर विदेशी पुँजी फस्टाउने । नेपालीले दुःख पाउने विदेशीहरुले रमाउने, त्यस्तो तरिका अपनाउने होइन ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।