चितवन- चितवनबाट प्रहरीले परिमाणमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
राप्ती नगरपालिका वडा नम्बर ४ भवानीपुरबाट प्रहरीले २२० केजी गाँजा बरामद गरेको हो । गाँजासँगै हेटौंडा उपमहानगरपालिका–७ का सौगात श्रेष्ठ पनि पक्राउ परेका छन् ।
गाँजा तस्करी भइरहेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएकोे टोलीले मंगलबार बिहान ३ बजे उनलाई पक्राउ गरेको हो ।
ना २ ख २२९५ नम्बरको टिपरमा गाँजा राखेर लैजाँदै गरेको अवस्थामा गाँजासहित टिपरका चालकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४