काठमाडौं- काठमाडौँको सिनामंगलस्थित सूचना विभागको कार्यालय अगाडि दुईवटा माइक्रोबस एकापसमा जुधेका छन् ।
मंगलबार बिहान ७ बजे गौशालाबाट सिनामंगल जाँदै गरेको बा ४ ख ५१०० नम्बरको हायस र सिनामंगलबाट गौशाला जाँदै गरेको बा १ झ ९७७६ नम्बरको माइक्रो ठोक्किएका हुन् । दुईवटा माइक्रो जुध्दा १६ जना घाइते भएको प्रहरीले जनाएको छ।
घाइते हुनेहरुमा १३ जना पुरुष र ३ जना महिला रहेका छन् । घाइतेहरुमध्ये सशस्त्र प्रहरीका हवल्दार भरत खत्रीको टाउको चोट लागी गभ्मीर घाइते भएका छन् ।
यसैगरी, माइक्रोबस चालक हिमाल काफ्लेको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको काठमाडौँ मेडिकल कलेज (केएमसी) मा उपचार भइरहेको छ ।
दुवै सवारी साधनलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४