काठमाडौं- केहि दिन यता बढेको तापक्रम मथ्थर पार्ने गरि मंगलबार (आज) देशका विभिन्न ठाउँमा मेघगर्जनसहित वर्षा हुने भएको छ ।
दिउँसोको समयमा देशभर सामान्य बदली भई पुर्व, मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार रातिको समयमा देशभर सामान्य बदलि भई पुर्व र मध्यका केही स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तो हुनेछ अबको तीन दिनको मौसम
असार १७ गते (मंगलबार)
दिउँसोः देशभर सामान्य बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति: देशभर सामान्य बदलि भई पुर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरूमा मेघगर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।पहाडि भु-भागका १-२ स्थानमा भारी वर्षा समेत हुने संभावना देखिन्छ।
असार १८ गते (बुधबार)
दिउँसोः देशभर सामान्य बदलि भई देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशका १-२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ।
राति: देशभर सामान्य बदलि भई देशका केहि स्थानहरुमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ।
असार १९ गते (बिहिबार)
दिउँसोः देशभर सामान्य बदलि भई केहि भु-भागमा हल्का देखि मध्ययम वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमि भु-भागका १-२ स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ।
राति: देशभर सामान्य बदलि भई केहि स्थानहरुमा मेघ-गर्जन सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। पश्चिम र मध्यका एक दुइ स्थानहरुमा भारी बर्षाको सम्भावना छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४