मंगलबार, साउन २६, २०८३

हेड टु हेड : ब्राजिल र अर्जेन्टिनामा को बलियो?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

एजेन्सी- ब्राजिलमा जारी कोपा अमेरिका फुटबल अन्तरगत भोलि (बुधबार) उपाधी दाबेदार दुई टोलि ब्राजिल र अर्जेन्टिना सेमिफाइनलमा आमने समने हुँदै छन् ।

स्टार खेलाडीले भरिएका दुई टिम नेपाली समय अनुसार बुधबार बिहान ६:४५ बजे सुरु हुने छ ।

स्टार खेलाडीले भरिएका यी दुई टोलिबिच यस खेललाई प्रतियोगिताभरिकै सबैभन्दा आकर्षक खेलका रूपमा हेरिएको छ । दुबै टोलि उत्तिकै बलिया भएकाले पनि फुटबल पण्डितहरुले पनि कुन टिमले जित्ने भनेर सहजै भन्न सजेका छैनन् । मैदान उत्रिदा दुबै टोलिको लक्ष्य फाईनल यात्रा अहने छ ।

तर, दुबै टोलिलाई एक अर्कालाई पराजित गर्दै फाइनल पुग्ने त्यो लक्ष्य सहजै भने प्राप्त हुने छैन । जारी प्रतियोगितामा ब्राजिल उत्कृष्ट लयमा देखिएको छ । यता, अर्जेन्टिनाले भने कठिन अवस्थाबाट सेमिफाइनल यात्रा तय गरेको हो । दुबै टोलिसंग अनुभवी र युवा खेलाडीले भरी भराउछ । हेरौ हेड टु हेडमा को बलियो ?

हेड टु हेड

ब्राजिल र अर्जेन्टिनाको सन् १९१४ देखिको आँकडा हेर्ने हो भने दुबै टोलिले १०९ खेलमा प्रतिस्पर्धा गरेका छन् । सन् १९१४ को अन्तरास्ट्रिय मैत्रीपुर्ण खेल देखि हाल कोपा अमेरिकासम्मको आँकडा अनुसार पनि बुदै टोलिको प्रतिस्पर्धा निकै नै देखिएको छ । ब्राजिल अर्जेन्टिना भन्दा केही बलियो देखिएको छ ।

हालसम्म ब्राजिलले ४५ खेलमा जित हासिल गर्दा २५ खेलमा बराबरी खेलेको खेलेको छ । त्यस्तै ३९ खेल भने अर्जेन्टिनासँग गुमाउन पुगेको छ । दुबै टोलिको यो ११० औं भेट हो ।

सन् २०१४ देखिको पछिल्ला पाँच भेटलाई हेर्न हो भने ब्राजिल बलियो देखिएको छ । पछिल्ला पाँच खेलमा ब्राजिलले अर्जेन्टिनासंग मात्र एक खेल गुमाएको छ । पछिल्ला पाँच खेलमा ब्राजिलले तीन खेल जित्दा एक खेलमा बराबरी र एक खेल गुमाएको छ ।

सन् २०१४ को भेटमा अर्जेन्टिना २-० ले पराजित हुँदा २०१५ मा १-१ को बराबरी खेलेका थिए । त्यस्तै २०१६ मा ब्राजिल ३-० गोलले विजयी हुदा २०१७ मा भने १-० ले गुमाएको थियो । सन् २०१८ को पछिल्लो भेटमा ब्राजिलले अर्जेन्टिनालाई १-० गोलले पराजित गरेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।