मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचारको मुद्दामा सशस्त्रका चार पूर्वआइजिपीले पाए सफाइ 

भ्रष्टाचारको मुद्दामा सशस्त्रका चार पूर्वआइजिपीले पाए सफाइ 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडाैं- भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार जना पूर्वमहानिरीक्षक (आईजीपी) ले सफाइ पाएका छन्। करिब १७ करोड माग दाबीसहित अख्तियारले दायर गरेको मुद्दामा विशेष अदालतले उनीहरुलाई सफाई दिएको हो । 

सफाइ पाउनेमा सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठ, कोषराज वन्त, शरदकुमार बस्नेत र वासुदेव ओलीसहित २२ जना रहेका छन् । 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, सदस्यहरु द्वारिकामान श्रेष्ठ र प्रमोदकुमार श्रेष्ठको इजलासले सोमबार सशस्त्रका चार पूर्वमहानिरीक्षकसहित २२ जनालाई सफाइ दिएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए ।  

उनका अनुसार सामान ढुवानीका विषयमा लेखा परीक्षणसमेत भइसकेको र अख्यितारले अभियुक्तलाई स्वच्छ सुनुवाइको अवसर नदिएको देखिएको छ । सो अदालतमा सशस्त्र प्रहरीका लागि सामान ढुवानी गर्दा फर्जी बिल बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विसं २०७२ माघ २४ गते उनीहरु विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । 

ढुवानी नगरी झुठ्ठा बिलभर्पाइ तथा कागजपत्र तयार गरी सञ्चालनमै नरहेका सत्यम् ट्रान्सपोर्टबाट समेत सामान ढुवानी गराएको भनी उक्त ट्रान्सपोर्टको समेत नक्कली बिल पेस गरी रु ८० लाख ९३ हजार ६१० बराबरको रकम सरकारलाई गैरकानूनी हानी नोक्सानी पुर्‍याउने कार्य गरेको अख्तियारको दाबी थियो । 

भण्डार शाखाका प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक रामचन्द्र श्रेष्ठसँग रु १८ लाख ३९ हजार ५१० र अदिति ट्रान्सपोर्टका सञ्चालक भरतकुमार थापासँग रु ५७ लाख २१ हजार ५७० बिगो दाबी गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।