मंगलबार, साउन २६, २०८३

असारे विकास : एकै दिनमा साढे १० अर्ब खर्च

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- ११ महिनासम्म सुस्ताएर बस्ने र असार लागेपछि विकासका नाममा भए भरको पैसा असारे भेलमा फाल्ने प्रवृति यसवर्ष पनि मौलाएको छ ।

असार महिनामा कुल बजेटको १० प्रतिशत भन्दा बढि खर्च नगर्न संसदीय समितिले निर्देशन दिए पनि त्यसलाई लत्याउँदै एकै दिनमा १० अर्ब ३६ करोडसम्म बजेट असारे विकासमा सकिएको छ।
 
बजेट सक्नकै लागि विकास गरिए जस्तो गर्ने प्रवृति असार महिना मौलाउने गरेको छ। आजको कान्तिपुर दैनिकले यसै विषयलाई मुख्य समाचार बनाएको छ ।

उसले 'असारे विकास : दिनहुँ साढे ४ अर्ब सकिँदै' शीर्षकमा खबर लेखेको छ । असार १ गतेदेखि १५ गतेसम्म कुन दिन कति रमक खर्च भयो भन्ने ग्राफ प्रस्तुत गर्दै कान्तिपुरले लेखेको छ– ऐन र संसदीय समितिको निर्देशनविपरित सरकारले बजेटको अत्याधिक रकम असारमा खर्च गरिरहेको छ ।
 
असारका १५ दिनको तथ्याङ्क अनुसार दिनहुँ औसतमा साढे ४ अर्ब रुपैयाँका दरले बजेट खर्च भइराखेको छ । असार १५ गते त सबैभन्दा बढि १० अर्ब ३६ करोड बजेट सकिएको छ ।

असार १० गते ७ अर्ब ४० करोड खर्च भएको छ । असार ४ गते ६ अर्ब ६७ करोड सकिएको छ भने ९ गते ६ अर्ब १४ करोड खर्च भएको छ । असार ५ गते ६ अर्ब ३ करोड असारे विकासमा सकिएको छ ।
 
असारमा गरिने विकास निर्माण भित्र प्राय सडक, नालाको काम पर्छन् । जुन असारमा आएको भेलसँगै बगेर जान्छ । असारमा गरिएको विकासमा गुणस्तरियतामा ध्यान दिनु नपर्ने भएकाले यहि महिनामा बजेट सक्ने गरि काम गर्ने गरिएको विज्ञहरुलाई उदृत गर्दै कान्तिपुरले लेखेको छ ।
 
यो विषय बाहेक आजको कान्तिपुरले सत्तारुढ नेकपाकै सांसदहरुले सरकार र पार्टीका काम प्रभावकारी रुपमा सञ्चालन हुन नगरेको भन्दै नेतृत्वको कडा आलोचना गरेको विषयलाई पनि प्राथमिकतका साथ छापेको छ ।

सोमबारको संसदीय दलको बैठकमा बोल्ने अधिकांश सांसदले सरकार ज्यादा आलोचित बन्दै गएको भन्दै टिप्पणी गरेका थिए ।
 
यसै विषयलाई अन्नपूर्ण पोष्ट्ले मुख्य समाचार बनाएको छ ।

सोमबारको बैठकमा दुई अध्यक्षबीच भएको गोप्य समति पत्रका विषमया पनि कुरा उठेपछि अध्यक्ष केपी शर्मा ओलीले आफूले अध्ययन नै नगरि हस्ताक्षर गरेको बताएका छन् । उनले पार्टी एकता र हितका लागि जेमा पनि हस्ताक्षर गर्न सक्ने भन्दै आफूले सहमतीका लागि हस्ताक्षर गरे पनि अध्ययन भने पछि मात्रै गरेको खुलाएका थिए । 

आजको नागरिक दैनिकले भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङ तथा दुई जना भूमाफिया शोभाकान्त ढकाल र रामकुमार सुवेदीमाथि गैरकानुनी सम्पति आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानविन थालेको विषयलाई मुख्य समाचार बनाएको  छ।
 
यस्तै भ्रष्टाचार मुद्दाका सशस्त्र प्रहरीका चार जना पूर्वमहानिरीक्षक (आईजीपी) लाई विशेष अदालतले सफाइ दिएको विषयलाई पनि प्राथमिकताका साथ छापेको छ। 

सोमबार विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो।

सामान ढुवानीको क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुबिरुद्ध मुद्दा दायर गरेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।