मंगलबार, साउन २६, २०८३

बादलमाथि खनिए विप्लव, प्रतिरोधको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले सरकारले दमन नरोके शक्तिशाली प्रतिरोध गर्ने चेतावनी दिएको छ।

सोमबार विप्लव नेतृत्वको नेकपाका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ती जारी गर्दै आफ्नो पार्टीका कार्यकर्तामाथि दमन नरोके शक्तिशाली प्रतिरोधको चेतावनी दिएका हुन्।

विज्ञप्तीमा केपी ओली–बादल गृह प्रशासनले तीब्र प्रहरी दमन गरिएको दाबी गरिएको छ। यसअघि विप्लव नेतृत्वको पार्टीले सरकारलाई केपी–पीके दलाल सरकार भन्दै आएको थियो। यसपटकको विज्ञप्तीमा भने प्रचण्डलाई समावेश गरिएको छैन।

विज्ञप्तीमा संखुवासभा जिल्लाको सिलिचुङ १ मा सोमबार शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामाथि केपीवली–बादल गृह प्रशासनले तीब्र प्रहरी दमन गरेको उल्लेख गरिएको छ।

विज्ञप्तीमा भनिएको छ, ‘पार्टी यसको घोर निन्दा एवम् भत्र्सना गर्दछ। एकातिर शान्ति र लोकतन्त्रका कुरा गर्ने तर अर्कातिर शान्तिपूर्ण राजनीतिक कार्यक्रममा हिँडेका नेकपाका नेता कार्यकर्तालाई दमन गर्ने, गोली प्रहार गर्ने, समातेर हत्या गर्ने वली–बादल मण्डली सरकारको दमन कार्य निन्दनीय छ।’
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।