मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सर्लाही घटनाः दोषी प्रहरीलाई कारबाही गर्न राजनीतिक दलहरुको माग

सर्लाही घटनाः दोषी प्रहरीलाई कारबाही गर्न राजनीतिक दलहरुको माग

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम- राजनीतिक दलहरुले सर्लाही घटनामा संलग्न प्रहरीलाई कडा कारबाही गर्न माग गरेको छ। साथै उनीहरुले प्रहरीको गोली लागेर मृत्यु भएका सरोज महतोलाई अविलम्ब शहीद घोषणा र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनसमेत सरकारसँग माग गरेको छ।

अवैध उत्खनन्का कारण बनेको खाल्डोमा डुबेर शनिबार १२ वर्षीय एक बालकको मृत्यु भएपछि पीडित परिवारलाई क्षतिपूर्ति र अवैध उत्खनन् बन्द हुनुपर्ने माग राख्दै राजमार्ग अवरुद्ध गरेर प्रदर्शन गरिरहेको बेला प्रहरीको गोली लागि सरोजको घटनास्थलमै मृत्यु भएको थियो।

दोहरो झडपमा प्रहरीसहित करिब एक दर्जन प्रदर्शनकारी घाइते भएका छन्।

सोमबार विभित्र राजनीतिक दल, सांसद, उद्योग वाणिज्य संघलगायतका संघ संस्थाहरुले संयुक्त विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै गोली चलाउने प्रहरीमाथि कारबाहीको माग गरेका छन्।

जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष मेथुर चौधरीको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय र सर्वपक्षीय बैठकले घटनामा स्थानीय प्रहरी प्रशासनको गैर जिम्मेवारीपूर्ण रवैया देखिएको निष्कर्ष निकालेको छ।

‘नियतवस बर्बतापूर्ण तरिकालेल टाउकोमा ताकी गोली प्रहार भएको स्पष्ट देखिएको हुँदा प्रहरी प्रशासनको निन्दनीय कार्यप्रति घोर भत्र्सना गर्दै दोषीमाथि कडा भन्दा कडा कारबाही गर्न जोडदार माग गर्दछौं,’ बैठकपछि जारी गरिएको संयुक्त वक्तव्यमा भनिएको छ।

बैठकमा नेपाली कांग्रेसका जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद नागेन्द्र कुमार, राजपाका प्रतिनिधिसभा सांसद प्रमोद साह, प्रदेशसभा सदस्य उपेन्द्र महतो, कौडेना गाउँपालिका अध्यक्ष रामप्रसाद राय, समाजवादी पार्टी नेपालका जिल्ला अध्यक्ष धिरेन्द्रकुमार राय, राजपा जिल्ला अध्यक्ष नागेश्वर महतो, उद्योग वाणिज्य संघ मलंगवाका वरिष्ठ उपाध्यक्ष वीरेन्द्र साहलगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।