मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आर्थिक क्षेत्रमा सबैभन्दा बढी योगदान खुद्रा व्यसायको 

आर्थिक क्षेत्रमा सबैभन्दा बढी योगदान खुद्रा व्यसायको 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपालको आर्थिक क्षेत्रमा सबैभन्दा बढी योगदान थोक तथा खुद्रा व्यवसायको रहेको पाइएको छ।

तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको ‘प्रथम राष्ट्रिय आर्थिक गणना २०७५ को’तथ्यांक अनुसार ५३.९४ प्रतिशत थोक तथा खुद्रा व्यावसायको योगदान रहेको छ।

आर्थिक क्षेत्रमा उत्पादनमुलक कम्पनीहरुको योगदान जम्मा ११.२७ प्रतिशत मात्र छ। सबैभन्दा कम घरजग्गा कारोबार (०.०२ प्रतिशत) र खानी तथा उत्खनन सम्बन्धी कम्पनीहरुको (०.०७ प्रतिशत) रहेको छ। कृषिमा आधारित देश भए पनि कृषि वन तथा माछापालन (दर्ता भएका प्रतिष्ठान)को जम्मा २.६२ प्रतिशत रहेको छ।

त्यसैगरी ३०.६१ प्रतिशत जनशक्ति थोक तथा खुद्रा व्यापार मोटर गाडी, मोटरसाइकलको मर्मत जस्ता काममा रहेका छन् भने सबैभन्दा थोरै जनशक्ति (०.४७ प्रतिशत) पानी आपूर्ति ढल फोहर व्यवस्थापन तथा प्रशोधन क्रियाकलापमा संलग्न रहेका छन्।

त्यस्तै प्रदेश तीनमा सबैभन्दा बढी तीन लाख २५ हजार २९२ जना खुद्रा थोक तथा खुद्रा व्यवसायमा संलग्न छन्, सबैभन्दा कम कर्णाली प्रदेशमा ४० हजार जनसंख्या यस व्यवसायमा संलग्न रहेका छन्।

त्यसैगरी ४७.८५ प्रतिशत व्यवसाय आफ्नै भवन वा कोठामा सञ्चालन भएको पाइएको छ, भने ८८.४२ प्रतिशत व्यवसाय एक स्थानमा मात्र सञ्चालन भएको छ।

तथ्यांक विभागले गत बर्ष २०७५ को बैशाख १ देखि जेठ मसान्तसम्म यो तथ्यांक संकलन गरेको थियो।

खुद्रा व्यापार, शिक्षा र उत्पादनमूलक क्षेत्रमा महिलाहरु अन्य क्षेत्रमा भन्दा बढी सक्रिया रहेको तथ्यांकले जनाएको छ। विभागका महानिर्देशक सुमनराज अर्यालका अनुसार सरकारले आर्थिक

सर्वेक्षण पहिलोपटक गरेको हो। यसले नेपालको समग्र आर्थिक अवस्थाको चित्र गर्दछ। यो तथ्यांकमा सरकारी क्षेत्रको योगदान भने समेटिएको छैन।

सो कार्यक्रममा योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलका अनुसार यस्तो तथ्यांकले सरकारलाई नयाँ नीति तथा कार्यक्रमहरु तर्जुमाका लागि धेरै सहयोग पुग्ने दावी गरे।

सरकारले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार २१ वटा क्षेत्रको विवरण संकलन गर्नुपर्ने भएपनि विभागले भने १८ वटा क्षेत्रलाई आफ्नो तथ्यांकमा समावेश गरेको छ। 

यस तथ्यांकमा मा्वाइल हाउस, ठेलागाडामा व्यापार गर्ने र रजिष्ट्रर नभएका कृषिमा काम गर्नेहरुको तथ्यांक नसमेटिएको डेपुटी डाइरेक्टर जनरल हेमराज रेग्मीले बताए। 

सो तथ्यांक संकलनका लागि जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका)ले सहयोग गरेको थियो।

अर्थविदहरुका अनुसार खुद्रा व्यवसाय फस्टाउनु आर्थिक क्षेत्रमा राम्रो होइन। ठूला ठूला उद्योग, कलकारखाना र उत्पादनमुलक क्षेत्रको योगदान भने धेरै कमजोर रहेको तथ्यांकले देखाएको छ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्