मंगलबार, साउन २६, २०८३

नेकपा संसदीय दलमा पहिलोपल्ट बोल्न पाए सांसद

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाबारे कुनै बेला टिप्पणी गरेका थिए, ‘कम्युनिष्टहरुको सरकार आए रुन पनि पाईदैन।’

तर स्वयम् नेकपाभित्र झण्डै यस्तो स्थिति पैदा भयो। नेकपा सरकार बनेको करिब डेढ वर्ष भयो। यसबीचमा डेढ दर्जन संसदीय दलका बैठक बसे। तर संसादहरुलाई बैठकमा आफ्नो धारणा राख्न दिइएको थिएन।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अध्यक्ष प्रचण्डले मात्र बैठकमा बोल्ने गरेका थिए। उनीहरुको भाषणा सुनेर ताली ठोकेर नेकपा संसादहरु खुरुखुरु निर्देशन मान्ने गरेका थिए। 

त्यस्ता बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाललाई समेत बोल्न दिने गरिएको थिएन। तर सोमबार बसेको संसदीय दलको बैठकमा भने संसादहरुलाई खुलेर बोल्न दिईयो। 

संसादहरुले बोल्न पाएपछि नेकपा र संसदीय दलमा लोकतन्त्र बहाली भएको टिप्पणी सांसदहरुले एक आपसमा गरेका थिए। सांसदहरुलाई आफ्ना कुरा ढुक्कसँग राख्न समेत संसदीय दलका उपनेता सुवास नेम्बाङले निर्देशन दिएका थिए।

दलको आधिकारिक धारणा के हो, सरकार कसरी सञ्चालन भइरहेको छ भन्ने कुरा नै आफूहरुलाई थाहा नभएको भन्दै सांसदहरुले सार्वजनिक कार्यक्रममा नै बोल्न थालेपछि सांसदहरुको असन्तुष्टी सामसुम पार्न संसदीय दलको बैठक बोलाइएको एक संसादले बताए।

सोमबार दिउँसो साढे १ बजे सुरु भएको बैठकमा साढे चार बजेसम्म सांसदहरुले बोल्न र प्रश्न गर्न समय दिएको थियो। सो समयमा २९ संसादले बोलेका थिए। 

उनीहरुले सरकारको कायैशैलीको खुलेर आलोचना गरेको एक संसादले बताए। सांससदहरुले आफूहरुका गुनासो सु्झाव राख्ने फोरम नपाएको भन्दै असन्तुष्टि पोखेका थिए। 

त्यसलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले संसदीय दलको नियमिति बैठक राख्ने त्यसमा प्रशस्त कुरा राख्न दिने आश्वासन दिएका थिए। 

सोहीअनुसार नेकपा संसदीय दलको बैठक असार २९ का लागि फेरि बोलाइएको छ। बैठकमा बोल्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारका मन्त्रीहरुलाई व्यंग्य गरेका थिए। उनले मन्त्रीहरुले जस्तै सांसदहरु आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित नहुन निर्देशन दिएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।