मंगलबार, साउन २६, २०८३

विश्‍वमा आज : कहाँ के-के भयो ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको शक्तिशाली विस्फोटमा  परी ३४ भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।

यस विस्फोटमा परी अन्य ६८ जना घाइते भएका छन्। टोलो समाचार समितिका अनुसार विस्फोटपछि सम्भावित तालिबान आतङ्ककारीहरु एक निर्माणाधीन भवनमा छिरेका र सोही स्थानमा सुरक्षाबल र आतङ्कारीबीच दोहोरो गोली हानाहान भएको प्रत्यक्षदर्शीहरुले जानकारी दिएका छन्।


 
न्यूजील्यान्ड सरकारले एकपटक मात्र प्रयोग गर्न मिल्ने प्लास्टिक ब्याग प्रयोगमा प्रतिबन्ध लगाएको छ। प्रतिबन्धित प्लास्टिक ब्यागको प्रयोग गरेको पाइए कडा सजाय दिइने सरकारले जारी गरेको आदेशमा उल्लेख छ।

प्लास्टिकको प्रदूषण विश्वव्यापी चासोको विषय बनेको छ। प्लास्टिकमा अल्झिएर वा प्लास्टिक खाएर बर्सेनि लाखौं चरा र एक लाख भन्दा बढी सामुद्रिक जीव मारिने वा घाइते हुने गरेको अध्ययनहरुले देखाएका छन्।



अमेरिकाको टेक्सास राज्यको डल्लासनजिकै आइतबार बिहान सबेरै एक सानो विमान दुर्घटना हुँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ। डल्लासको मुख्य शहरबाट २५ किलोमिटर उत्तरमा रहेको विमानस्थलमा सो दुर्घटना भएको अधिकारीहरुले जानकारी दिएका छन्।


 
पपुवा न्यू गिनीका प्रधानमन्त्री जेम्स मरेपले गत हप्ता भएका दुई ओटा ज्वालामुखी विस्फोटमा परेका पीडित परिवारको सहयोगका लागि आह्वान गरेका छन्।

माउन्ट उलावुननजिकै भएको यस ज्वालामुखी विस्फोटबाट प्रभावित इलाकाको भ्रमण पश्चात प्रधानमन्त्री जेम्सले सो सहयोगको आवश्कता परेको बताएका छन्।


 
भारतको उत्तरी बंगाल क्षेत्रमा चिया खेतीमा आर्थिक संकट देखा परेको छ। भारतमै चियाको मूल्यमा गिरावट आएपछि चिया बगानमा संकट देखिएको हो।

भारतमा कूल उत्पादित चियामध्ये उत्तरी बंगाल क्षेत्रले करिब ३५ प्रतिशत हिस्सा ओगटेको छ। अहिले उत्पादन लागतभन्दा सस्तो मूल्यमा चिया बेच्नु परेको यहाँका उद्योगहरुले जनाएका छन्।



भारतको उत्तराखण्डको अउली नगरमा एक बैबाहिक कार्यक्रमका क्रममा थुप्रिएको करिब तीन सय क्वीन्टल फोहोर विसर्जन गरिएको छ।

नगर निगमका अधिकारीहरुका अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराको बिहेका कारण त्यस्तो फोहोर थुप्रिएको थियो। जोशीमठ नगर निगमका सफाई कर्मचारी अनिल कुमारले बिहेका कारण दुर्गन्धित भएको इलाका पूरै सफा गरिएको जानकारी दिए। गुप्ता परिवारको विवाह समारोह गत जुन १८ देखि २२ तारिखसम्म भएको थियो।



भारतको जम्मु काश्मिरमा रहेको हिन्दुहरुको पवित्र अमरनाथको दर्शनका लागि सोमबार बिहान पहिलो धार्मिक तिर्थयात्रीको टोली बल्तालबाट त्यसतर्फ प्रस्थान गरेको छ।

वर्षमा एक पटक आयोजना गरिने यो तिर्थयात्रा करिब ४६ दिनको हुनेछ। अमरनाथ यात्राका लागि यस पटक पनि कडा सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।

जम्मु काश्मिरका गभर्नर सत्यपाल मलिकका सल्लाहकार के के शर्माले विधिपूर्वक पूजाआजा गरी तिर्थयात्रीलाई बिदाई गर्नुभएको थियो। त्यस अवसरमा शर्माले पत्रकारहरुसँग कुरा गर्दै भारत सरकारका तर्फबाट आफूहरुले पहलगाम र बल्तालको भ्रमण गरेको र सबै तिर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको जानकारी दिए।



भारत प्रशासित जम्मु काश्मिरको किश्तवाड जिल्लामा सोमबार बिहान भएको एक सवारी दुर्घटनामा ३३ जनाको मृत्यु हुनुका साथै अरु २२ जना घाइते भएका छन् । किश्तवाडका प्रहरी उपआयुक्त अंग्रेज सिंह रानाले यात्रुबाहक बस खोँचमा झरेर दुर्घटनाग्रस्त भएको जानकारी दिए।



युरोपेली कमिसनका अध्यक्ष जाँ–क्लड युङ्कर युरोपेली परिषद्को विशेष बैठककालागि बेल्जियमको राजधानी ब्रसेल्स पुगेका छन्। युरोपेली संघका २८ राष्ट्रका शिर्षस्थ नेताहरु आइतबार साँझसम्म त्यहाँ पुगेर युरोपेली ब्लकबारे चर्चा गर्ने बताइएको छ। 



सिरियाली हवाई प्रतिरक्षा प्रणाली एउटा इजरायली क्षेप्यास्त्र प्रहार भएपछि एकाएक सक्रिए भएको छ। उक्त क्षेप्यास्त्रले राजधानी दमास्कसलगायत सिरियाली प्रान्त होम्स आसपास निकै ठूलो क्षति पुर्‍याएको सरकारी टेलिभिजनले जनाएको छ।

प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।