काठमाडौं- हङकङमा सरकारविरुद्धको प्रदर्शन जारी रहेको छ। हङकङबासीले सोमबार बृहत्त प्रदर्शन गरेका छन्।
व्रिटिसहरुले हङकङको शासन चीनलाई सुम्पेको २२ वर्ष पुरा भएको अवसरमा प्रदर्शन भएको हो।
हङकङले चीनबाट स्वतन्त्रताका लागि संघर्ष गर्दै आएको छ।
यसैबीच पछिल्लो समय सुपुर्दगी सम्बन्धी ल्याइएको विधेयकको विरोधमा हङकङवासीले प्रदर्शन गर्दै आएका छन्।
अहिले दोहरो शासन चलिरहेको हङकङलाई चीनले पूर्ण नियन्त्रण गर्न खोजेको भन्दै पछिल्लो महिनामा बारम्बार प्रदर्शन भएको छ।
विधयेकको समर्थनमा चिनियाँ समर्थकहरुले पनि प्रदर्शन गरेका थिए। तर उनीहरुको प्रदर्शन निकै सानो थियो।
सोमबार विधेयक विरोधीहरुको प्रदर्शन निकै ठूलो छ। विधायन परिषद्को कार्यालय घेराउ गर्न पुगेका प्रदर्शनकारीहरुमाथि प्रहरीले दमन गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४