मंगलबार, साउन २६, २०८३

'सिरिन्‍ज आक्रमण'को भूतले प्रहरीलाई एक घण्टा घुमायो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- सोमबार दिउँसो प्रहरीको हटलाईन नम्बर १०० मा एउटा फोन आयो। फोन गर्ने व्यक्तिले महाबौद्धमा एक युवकमाथि सीरिञ्ज आक्रमणको खबर सुनाए।

सीरिञ्ज आक्रमण भएको सुचना पाएपछि प्रहरीले अभियुक्त भाग्न सक्ने मुख्य नाकाहरुमा तत्काल निगरानी बढायो। महानगरीय प्रहरी परिसरका डीएसपी हबिन्द्र बोगटीसहितको टोली घटना भएको भनिएको स्थलतर्फ मुभ भईहाल्यो।

केही दिनअघि उपत्यमामा सीरिञ्ज आक्रमणको संन्त्रास पैmलिएको थियो। रातीको समयमा एक्लो महिलामाथि तिखो वस्तुले घोच्ने र भाग्ने घटना दोहोरिँदै गएपछि प्रहरीले यस्ता घटनामा निगरानी बढाएको थियो।

सोमबार पुनः सीरिञ्ज आक्रमण भएको खबर पाएसंगै प्रहरी टोली घटनास्थलतर्फ दौडीहाल्यो। डीएसपी बोगटी सहितको टोली घटनास्थलमा पुगेर घटनाको प्रकृति हेर्दा प्रहरीनै अक्क न बक्क भयो। कारण थियो, सीरिञ्ज आक्रमण भएको भनिएका युवकको शरीरमा न कुनै दाग भेटियो न कुनै चोट।

तैपनि प्रहरीले ती युवाको स्वास्थ्य परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल सरुवा रोग अस्पताल पुर्यायो र स्वास्थ परिक्षण गरायो। 

महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी बोगटीले दिएको जानकारीअनुसार महाबौद्धमा बस्ने १९ वर्षीय वस्नेत थरका युवा कोठाबाहिर निस्कने क्रममा अर्का एक युवकसँग ठोक्किए र दुबैजनाको हात जुध्यो। कुनै प्रतिक्रिया विना दुबैजना आ–आफ्नो गन्तब्यमा लागे र त्यसको केही समयपछि वस्नेत थरका युवाले दुखेको महशुस गरे। 

आफू कसैसँग ठोक्किएको र हातमा सामान्य दुखेको आफ्नो एकजना साथीलाई सुनाएपछि साथीले सीरिञ्ज आक्रमण भएको भन्दै तत्काल प्रहरीलाई खबर गरिहाले। प्रहरी पनि हतारहतारमा घटनास्थलतर्फ हिड्यो।

केही समय पहिले सीरिञ्ज आक्रमणको हल्ला फैलिएपछि प्रहरीको सक्रियतामा मुख्य अभियुक्त पक्राउ परेका छन्। यो समस्या समाधान भैसकेपछि पनि मानिसमा आशंका र आतंक कायमै रहेका कारण महाबौद्धमा सीरिञ्ज आक्रमणको हल्ला फैलियो। 

सीरिञ्ज आक्रमणमा परेको भनिएका महाबौद्धका ती युवाको स्वास्थ्य परिक्षणबाट कुनै पनि तीखो बस्तु प्रहार नभएको रिर्पोट आएपछि उनको डिस्चार्ज समेत भैसकेको छ। 

काठमाडौ प्रहरी परिसरले कुनै पनि अवान्छित घटना नहोस् भनेर आफनो सक्रियता बढाएको छ। तर समाजमा कहिलेकाही कुनै गलत सूचना र सन्देश प्रवाह हुँदा प्रहरी अल्मलिनु परेको छ।

गत शुक्रबार काठमाडौको महाराजगंबाट तिखो काँटीले महिलालाई घोच्दै हिड्ने रामेछापका सन्तोष कार्की पक्राउ परेका थिए। कार्कीले रातिको समयमा एक्लै हिड्ने महिलालाई ढलान किलाले घोच्ने र भाग्ने गरेको बयान स्वीकार गरेका छन्। 

सीरिञ्ज आक्रमण भएको र कुनै जटिल रोग सारिएको भन्दै त्रास फैलिरहेको अवस्थामा अपराध अनुसन्धान महाशाखाको टोलीले महाराजगंजबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई पक्राउ गरेको थियो। तिनै सन्तोष सीरिञ्ज आक्रमणको नामका मुख्य अभियुक्त थिए।

सोमबार महाबौद्धमा पनि सोही प्रकृतिको घटना दाहोरीएको गलत सूचना दिइएको थियो। जसले प्रहरीको टोलीलाइ एक घन्टाभन्दा बढि घुमाईदियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।