धनगढी - बैतडीको सिगास गाउँपालिका-९ को बालुवाखानीमा च्यापिएर एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। मृत्यु हुनेमा साखुरीदेवी महर रहेकी छन्।
स्वास्थ्य संस्था निर्माणका लागि बालुवा लिन गएका उनीहरुको बालुवाको ढिस्को भत्किँदा ज्यान गएको प्रत्यक्षदर्शी दीपेन्द्र बोहराले जानकारी दिए।
घाइते सबै बझाङ बित्थडचिर गाउँपालिका-५ का हुन्। घटनास्थल दुर्गम भएकाले प्रहरी पुग्न सकेको छैन। घाइतेहरुको नाम खुल्न सकेको छैन। प्रत्यक्षदर्शीले देखेका आधारमा घाइतेहरुको उद्धार थालिएको र घटनास्थलमा स्थानीय पनि पुग्न नसकेको बताइएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४