मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • यसरी भयो प्रहरी-विप्लव जम्काभेट : सेनाका तीन हेलिकोप्टर पनि फिल्डमा

यसरी भयो प्रहरी-विप्लव जम्काभेट : सेनाका तीन हेलिकोप्टर पनि फिल्डमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं - सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्केमा जेठ २० गते राति विप्लवका सैन्य दस्ता प्रहरी चौकी कब्जा गर्न पुगेका थिए। विप्लवका सैन्य दस्ता पुगेपछि प्रहरी टोलीले भागेर ज्यान जोगाएको थियो।

प्रहरीले भने उक्त घटनाको खण्डन गर्दै आएको छ।

सोलुखुम्बु घटनाको महिना दिन नबित्दै सोमबार संखुवासभाको सिलिचोङमा विप्लव सैन्य दस्ता र प्रहरीबीच सोमबार फाएरिङ भएको छ।

स्रोतका अनुसार भोजपुरको कार्यक्रम सकेर विप्लवको सैन्य दस्ता संखुवासभा पुगेको थियो।

संखुवासभाका विभिन्न ठाउँमा कार्यक्रम गर्ने उद्देश्यसहित विप्लवको सैन्य दस्ता सिलिचोङ गाउँपालिका–१ को सिसुवाखोला नजिकै बास बसेको थियो।

विप्लवको सैन्य दस्ताले गाउँपालिकामा कार्यक्रम गर्न लागेको र सिसुवाखोला नजिकै क्याम्प राखेको खबर प्रहरीलाई आइतबार राति नै भएको थियो। प्रहरीले त्यस क्षेत्रमा केही दिनदेखि गस्ती बढाउँदै आएको थियो।

सूचना पाएपछि प्रहरी विशेष तयारीका साथ सोमबार बिहानै त्यसतर्फ लागेको थियो। विप्लव समूहका दस्तासँग जम्काभेट भएपछि समूह दोहोरो फाएरिङ भएको बताइएको छ।

विप्लवका कार्यकर्ता धेरै देखेपछि सानो संख्यामा रहेका नेपाल प्रहरीको टोली पछि हटेको थियो । अहिले त्यस क्षेत्रमा ठूलो मात्रामा सुरक्षाकर्मी परिचालन गरी विप्लव समूहका कार्यकर्ताको खोजी जारी रहेको सुरक्षा स्रोतले बताएको छ।

सिलिचोङ गाउँपालिका–१ का वडाध्यक्ष अलक्ष राईले घटनास्थलमा अहिले दुईवटा हेलिकोप्टरबाट गस्ती भइरहेको जानकारी दिए। यता सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले सेनाको हेलिकप्टरमार्फत घटनास्ठलमा थप सुरक्षाकर्मी पठाइएको नेपाल समयसँग बताए। उनले भने, 'गृहमन्त्रालयको अनुरोधमा काठमाडौंबाट दुईवटा र विराटनगरबाट दुईवटा फ्लाइटमा सशस्त्र र नेपाल प्रहरीका थप फौज घटनास्थलतर्फ पठाइएको छ।'

गाउँपालिकाका अध्यक्ष रामबहादुर राईले विप्लवको सैन्य दस्ता खोलुखुम्बुतिरै लागेको सूचना पाएको बताए । उनका अनुसार त्यस क्षेत्रमा थप सुरक्षाकर्मी सक्रिय भएका छन्।

स्थानीय प्रहरी, प्रदेशबाट सशस्त्र र नेपाल प्रहरी तथा काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा पुगेका सशस्त्र र नेपाल प्रहरीले जंगल तथा खोला छेउछाउमा गस्ती बढाएको उच्च सुरक्षा स्रोतले बतायो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।