जनकपुरधाम- सिरहाको लहानमा सवारी दुर्घटनामा परी तीनजनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्।
पूर्वपश्चिम राजमार्गअन्तर्गत लहान नगरपालिकाको पडरिया चोकमा सोमबार अपराह्न म्याजिक भ्यानलाई एक ट्रकले पछाडिबाट ठक्कर दिएपछि दुर्घटना भएको हो।
दुर्घटनामा भ्यानमा सवार सिरहाको पुरानो चोहर्बा बस्ने ४० वर्षीय गणपति महरा, सिरहाकै बरियारपट्टी गाउँपालिकाकी ७० वर्षीया बचियादेवी राम र धनगढी मुसहरनिया बस्ने ४५ वर्षीया बुनुमाया लामाको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना१ज ७४५४ नम्बरको म्याजिक भ्यान पडरिया चोकमा रोकेर यात्रु चढाइरहेको अवस्थामा सोही दिशाबाट आउँदै गरेको ना८ख २४१५ नम्बरको ट्रकले ठक्कर दिएको थियो।
घाइते लहानस्थित रामप्रसाद उमाप्रसाद मुराराका स्मारक अस्पताल तथा स्थानीय नर्सिङ होमहरुमा भइरहेको प्रहरीले जनाएको छ। ठक्कर दिने ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४