मंगलबार, साउन २६, २०८३

उपत्यकामा साझाका थप २० वटा बस चल्ने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौँ उपत्यकाको सडकमा थप २० वटा साझा बसले सेवा दिने भएको छ।
काठमाडौँ उपत्यकाको तीनवटा जिल्लाका काँठ क्षेत्रका बासिन्दालाई सजिलो हुने गरि साझा यातायातले सेवा दिन लागेको हो। 

सोमबार काठमाडौँमा एक कार्यक्रमका बीच काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकाले उपलब्ध गराएको अनुदानबाट खरिद गरिएको बस साझा यातायातलाई हस्तान्तरण गरिएको छ। 

यस्तै साझा यातायातले काठमाडौं उपत्यका बाहिर पनि सेवा दिने भएको छ। साझा यातायातले काठमाडौंबाट पोखरा हुदै बागलुङ्ग र काठमाडौँबाट नारायणगढ, बुटवल, भैरहवा हुदै बेलहियासम्म रात्रीकालीन बस सेवा सञ्चालन गर्न लागेको हो। 

साझा यातायातले काठमाडौँ उपत्यकामा नयाँ गाडीहरुलाई १० वटा रुटमा चलाउने भएको छ। साझाको पुरानो रुटको साथै बुङ्गमतिदेखि बुढानीलकण्ठ, लगनखेलबाट सातदोबाटो हुँदै थानकोट, नयाँ बसपार्कबाट सुर्यविनायक र लगनखेलबाट शहीदगेट हुदै दक्षीणकालीसम्म साझाका बसहरुले सेवा दिनेछन्। 

साझाका २० नयाँ बस खरिद गर्न काठमाडौँमहानगरले ५ करोड र ललितपुरमहानगरले १ करोड रुपैया अनुदान सहयोग गरेका छन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।