मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व आईजीपीलाई सफाइ

भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व आईजीपीलाई सफाइ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – भ्रष्टाचार मुद्दामा सशस्त्र प्रहरीका चार पूर्व महानिरीक्षक (आईजीपी) लाई विशेष अदालतले सफाई दिएको छ। विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहित सदस्यहरु द्वारिकामान जोशी र प्रमोद श्रेष्ठको इजलासले २०७२ मा दायर यो मुद्दामा सोमबार सबै प्रतिवादीलाई सफाई दिएको हो।

 विशेष अदालतले सामान ढुवानीको क्रममा सशस्त्र प्रहरी बलका पूर्वप्रमुख लगायतका अधिकारीहरुले भ्रष्टाचार गरेको भन्दै अख्तियारको आरोपलाई ‘स्थापित हुन नसक्ने’ ठहर गरेको हो।

सशस्त्र प्रहरीका पूर्व आईजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बाशुदेव वली र सनतकुमार बस्नेतविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार (रकम हिनामिना) मुद्दामा २०७२ साल माघ १८ गते मुद्दा दायर गरेको थियो।

आयोगले सशस्त्र प्रहरी बलका निलम्बित महानिरीक्षक कोषराज वन्त सहितका अधिकारीविरुद्ध ६ करोड ७९ लाख रुपैंया विगो मागदावी सहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। बलको मुख्यालयबाट विभिन्न युनिटमा सामान ढुवानी गरेको विवरण देखाई फर्जी विल तयार गरी भ्रष्टाचार गरेको आरोप लगाएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।