काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्टयाउने प्रयास गरिरहेको आरोप लगाएका छन्।
प्रमुख सचेतक खाँडले विधेयकको माध्यामबाट संविधानको प्रावधानलाई उल्ट्याउने काम सरकारले गरिरहेको प्रमुख सचेतक खाँडको दाबी छ।
६१ औं संसद दिवसको अवसर पारेर पूर्व सांसद मञ्च, नेपाल र संघीय संसद सचिवालयले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले संसदीय लोकतन्त्रप्रति विश्वास गर्न पनि सबैलाई आग्रह गरे।
‘संसदीय लोकतन्त्रले मात्रै मुलुकमा शान्ति र समृद्धि ल्याउने भएकाले त्यसप्रति विश्वास गरेर अघि बढन म सबैलाई आग्रह गर्दछु, प्रमुख सचेतक खाँडको भनाई थियो, ‘मुलुकमा द्वन्द्वको व्यवस्थापन गर्न पनि संसदीय लोकतन्त्रमा मात्रै सम्भव छ।’ उनले भने।
प्रमुख सचेतक खाँडले जनतालाई शान्तिपूर्ण ढंगले जीउने वातावरण बनाउन पनि संसदीय लोकतन्त्रको विकल्प नरहेको पनि स्पष्ट पारे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४