मंगलबार, साउन २६, २०८३

सांसदको 'प्रोफाइल' अब भिडियोमा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – संसदीय इतिहासमा पहिलो पटक सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको छ। संघीय संसदका सम्माननीय तथा माननीय सदस्यहरुको भिडियो प्रोफाईल सोमबार सार्वजनिक भएको हो। 

६१ औ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाईल सार्वजनिक गरियो। समारोहलाई सम्बोधन गर्दे सभामुख कृष्ण बहादुर महराले सरकारको सबै प्रणालीलाई पेपरलेस गरि डिजिटलाइज्ड बनाउने अभियान अन्तर्गत नै सांसदहरुको भिडियो प्रोफाईल तयार पारिएको बताए। 

उनले सांसदहरुलाई सचिवालयले उपलब्ध गराउन लागेको ल्यापटपका बारेमा गलत प्रचार गर्न खोजिएको गुनासो गरे। उनले मन्त्रीपरिषद् बैठकमा पेपरलेस गरि ल्यापटप प्रयोग गरिएजस्तै सांसदहरुलाई पनि संसदीय गतिविधिमा प्रयोग गर्ने गरि ल्यापटप दिन लागिएको स्पष्ट पारे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।