आइतबार, साउन २४, २०८३

नेपाल आँखा अस्पतालमा अत्याधुनिक लेजर थेरापी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले अत्याधुनिक मेसिन ‘सुपर ८१० इन्फ्रारेड लेजर’ भित्र्याएको छ। जलविन्दु भएका बिरामीको उपचारका लागि यो मेसिन उपलब्ध हुनेछ। यो मेसिनको मद्दतले अस्पतालले लेजर थेरापी सेवा सुरु गरेको छ। 

यो मेसिनबाट जलविन्दुको उपचार गर्दा आँखाको भित्री चापलाई घटाई जलविन्दुबाट आँखामा भएको क्षतिलाई निराकरण गर्ने नेपाल आँखा अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले नेपाल समयसँग बताए। 

यसका साथै मेसिनले ट्युमर र आँखाको पर्दासम्बन्धी पनि लेजर थेरापी उपचार गर्ने प्रविधि रहेका छ। जलविन्दुको उपचार समयमै हुन नसक्दा कयौंले आँखाको ज्योतिसमेत गुमाउने गर्छन्। यो आँखाको जटिल समस्या हो। 

नेपाल आँखा अस्पतालका अनुसार वार्षिक करिब ४ हजार ७ सय जलविन्दु रोगसम्बन्धी बिरामी आउने गर्छन्। अस्पतालले प्रत्येक ३–३ महिनाको अन्तिम शनिबार जलविन्दुका बिरामीहरु र जलविन्दु रोग विशेषज्ञका प्रत्यक्ष रुपमा अन्तरसम्वाद कार्यक्रम सञ्चालन गर्दै आएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्