मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निगममाथि खनिए ओली : 'यथास्थितिमा सरकारले एक पैसा दिँदैन'

निगममाथि खनिए ओली : 'यथास्थितिमा सरकारले एक पैसा दिँदैन'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा नेपाल वायुसेवा निगमलाई एक पैंसा पनि दिन नसकिने बताएका छन्। निगमको ६१ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निगमले व्यवस्थापनलाई तत्काल सुधार नगरे सरकारले एक पैंसा पनि नदिने बताएका हुन्।
 
ओलीले ३७ अर्ब घाटामा रहेको निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको स्पष्ट पारे। ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको कारण के हो भनेर प्रश्न गरे। 'वायु सेवा निगम ६१ वर्षमा ३७ अर्ब घाटामा गएछ यसको कारण के हो ?' प्रधानमन्त्री ओलीले भने 'यथास्थितीमा निगमलाई सरकारले एक पैसा पनि दिँदैन।'

ओलीले तत्काल नेपाल वायुसेवा निगमको समग्र कामकारबाहीमा सुधार नगरे सरकार संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने स्पष्ट पारे। ‘निगमको व्यवस्थापन र संचालनमा तत्काल सुधार आउनु पर्यो, नभए त्यसको संचालनका लागि सरकार रणनीतिक साझेदार खोज्न  बाध्य हुनेछ।’, ओलीले भने।
 
प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाए। आकासमा उड्नु पर्ने निगमका जहाज सधैं विमानस्थलमा देखिनुले पनि निगमको व्यवस्थापन पक्ष कस्तो छ भनेर अनुमान गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ छ। 'एकपटक एयरपोर्टमा निगमका जहाज बग्रेल्ती देखेपछि मैले सोधें,नेपाल एयरलाइन्सका जहाज त धेरै रहेछन् नि' केही समय अघिको प्रसंग स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने,  'तर मैले जवाफ पाएँ कि यी जहाज नउडेर यहाँ देखिएका हुन्। उडेका भए सबै जहाज आकासमा हुन्थे। निगम पनि नाफामा जान्थ्यो।'

निगमका निर्णयहरु हचुँवाका भरमा हुने गरेको प्रधानमन्त्रीले बताए। 'गन्तव्य कहाँ हो थाहा छैन वाइड बडी किनेको छ ,पाइलट छैन जहाज किनेको छ' प्रधानमन्त्री ओलीले भने,  'यस प्रकारका निर्णयले निगम धरासायी हुँदै गएको हो।' प्रधानमन्त्री ओलीले जापानको नारिता विमानस्थल र युरोपियन देशहरुमा उडानको तयारी गर्न पनि व्यवस्थापनलाई निर्देशन दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।