संखुवासभामाको सिलिचुङ गाउँपलिका स्थित होङ्लामा प्रहरी र विप्लव समुहका कार्यकर्ताबीच गोली हानाहान भएको छ ।
सोमबार बिहान ९ बजे तिर गस्तीमा हिडेको प्रहरी टोलीमाथि विप्लव समुहका कार्यकर्ताले गोली हानेपछि प्रहरीले जवाफी फायर खोलेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख डिएसपी मीनबहादुर लामाले नेपाल समयलाई जानकारी दिए ।
भोजपुरको डिलखर्कबाट संखुवासभा जादै गरेको विप्लवका कार्यकर्ताले प्रहरी देखेपछि गोली हानेका थिए । दोहोरो गोली हानाहान भएपनि घटनाको विस्तृत विवरण आउन बाँकी रहेको उनले बताए ।
विप्लवका कार्यकर्ताले टाढैबाट गोली हानेकाले उनीहरु कति संख्यामा थिए भन्ने खुल्न नसकेको उनले जानकारी दिए । उनका अनुसार दुबैतर्फको क्षतीका विवरण संकलन भइराखेको छ ।
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि उ आक्रामक देखिएको छ । आफ्ना कार्यकर्ताको सरकारले धमाधम हत्या गरेको भन्दै उसले त्यसको प्रतिकार गर्ने चेतावनी दिदै आएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४