मंगलबार, साउन २६, २०८३

सर्लाही गोली काण्ड छानविन गर्न समिति गठन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुर- सर्लाहीमा प्रहरीको गाली हानेर एक बाललको मृत्यु भएको विषयमा छानविन गर्न प्रदेश सरकारले छानविन समिति गठन गरेको छ । 

आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उप–सचिव अरुणकुमार झाको संयोजकत्वमा ३ सदस्य छानबिन समिति गठन गरेको हो। समितिलाई घटनाको सत्य तथ्य पत्ता लगाई यथासिघ्र दोषीमाथि कारबाहीको सिफारिस गर्न निर्देशन दिएको छ। 

प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले घटनाका बारेमा छानविन गरी दोषीलाई कारबाही गर्न समिति गठन गरेको जानकारी दिए। सामान्य विवादको क्रममा प्रहरीले गोली चलाउदा मृतकको टाउकोमा लागेको उनले बताए । 

स्थानीयले सर्लाहीको बाँकेमा सडक अवरुद्ध गरि प्रदर्शन गरिरहेका बेला प्रहरीले गोली चलाएको थियो । हरीको गोली लागेर स्थानीय देवन महराको मृत्यु भएको हो।

सर्लाहीको ईश्वरपुर नपा–१३ स्थित खोलामा अवैध रुपमा स्काभेटर चलाउँदा बनेको खाल्टोमा डुबेर १२ वर्षीय बालक अनिष रामको मृत्यु भएपछि स्थानीय आन्दोलनमा उत्रिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।