काठमाडौं- ६ दिनदेखि काठमाडौं उपत्यकाका सडकमा थुप्रिएको फोहोर सोमबार (आज)बाट उठ्न सुरु गरेको छ ।
आइतबार महानगरपालिका र प्रभावित क्षेत्रका जनप्रतिनिधि, प्रभावित र अति प्रभावित क्षेत्रका स्थानीयबीच सहमती भएसँगै आजबाट फोहोर उठेको हो ।
आइतबार भएको बार्तामा समस्या समाधानका लागि समिति गठन गर्ने सहमति भएको थियो । वार्तामा ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका स्थानीयले अबदेखि सिसडोलमा फोहोर नलैजान र अहिलेको अवस्थालाई सुधार्न माग गरेका थिए । काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले स्थानीलाई राहत र सुविधाको काममा महानगर केन्द्रित हुने बताउँदै सहयोग गर्न आग्रह गरेका थिए ।
उपत्यकामा दैनिक ११ सय टन फोहोर संकलन हुने गरेको छ। ६ दिनको अवधिमा थुप्रिएको ६ हजार टन फोहोर सडकमै अस्तव्यस्त थियो ।
फोहोर थुप्रिएसँगै काठमाडौं दुर्गन्धित बन्न थालेको थियो। फोहोर बढ्दै गएको अवस्थामा उपत्यकामा संक्रमण फैलने चेतावनी समेत दिएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४