शुक्रबार, असोज ३०, २०८३

आइतबार नेप्से दोहोरो अंकले ओरालो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

 
काठमाडौं- साताको पहिलो दिन आइतबार सेयर बजार परिसुचक (नेप्से) मा दोहोरो अंकले गिरावट आएको छ। 

आइतबार नेप्से १२ दशमलव २७ अंकले घटेर १२४४.८९ अंकमा रोकिएको छ। ६४ करोड ५० लाख रुपैयाँ बराबरको २३ लाख ६१ हजार ५०० कित्ता कारोबार भएको छ। 

आइतबार सवै परिसूचक ओरालो लागेको छ। सबैभन्दा बढी निर्जीवन बीमा समूह ६० र जीवन बीमा समूहको परिसूचक ५८ अंकले ओरालो लागेका छन्।

बजारमा सबैभन्दा बढी हिस्सा रहेकोे बैंकिङ समूहको परिसूचकमा पनि ११.८५ अंकले गिरावट आएको छ। 

यस दिन उत्पादनमुलक ३६, विकास बैंक १२, माइक्रोफाइनान्स १५ र जलविद्युत समूहको परिसूचकमा १३ अंकले गिरावट आएको छ। 

ग्लोबल आईएमई बैंकको संस्थापक सेयरको एकैदिन १० करोड ३८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सो सेयर आइएमई ग्रुप अन्तर्गतकै वल्र्डवाईड इन्भेष्टमेन्टले खरिद गरेको हो।

ब्रोकर नम्बर २, ४ र ४५ बाट बिक्री भएको सेयर ब्रोकर नम्बर ४२ मार्फत खरिद भएको छ। 

आइतबार सबैभन्दा बढी कमाउनेहरु स्वाभिमान लघुवित्त वित्तिय संस्था, मल्टीपरपोस फाईनान्स कम्पनी, अरुण कावेली पावर कम्पनीका लगानीकर्ता रहेका छन् भने धेरै गुमाउनेमा रैराङ हाइड्रोपावर डेभलपमेन्ट, गुराँस लघुवित्त वित्तिय संस्था, सिवम् सिमेन्ट रहेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्