मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राष्ट्रियसभामा सांसदहरुको प्रश्न, खै भूमिहीनलाई जग्गा ?

राष्ट्रियसभामा सांसदहरुको प्रश्न, खै भूमिहीनलाई जग्गा ?

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय सभाका सांसदहरुले भूमिहिनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न सरकारसँग माग गरेका छन्।

राष्ट्रिय सभाको आइतबारको बैठकमा विभिन्न मन्त्रालयको विनियोजन शिर्षक माथिको छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले भूमिहिनलाई लालपूर्जा वितरण गर्न आवश्यक कानुनी व्यवस्था तत्काल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पदमा अर्यालसँग माग गरे।

सत्तारुढ नेकपाका सांसद समेत रहेका श्रेष्ठले गुठीको उचित व्यवस्थापन हुने गरी कानुनी व्यवस्था गर्न पनि सरकारलाई ढिलाई नगर्न दबाव दिए।

नेपाली कांग्रेसका सांसद प्रकाश पन्तले भूमिहिनलाई जग्गा उपलब्ध गराउने काम अझै हुन नसकेको भन्दै सरकारको आलोचना गरे। उनले खानेपानी मन्त्रालयले अझै मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा कहिले ल्याउने भन्ने एकीन गर्न नसकेको भन्दै आक्रोश पनि व्यक्त गरे।

सांसद दिलकुमारी रावल थापाले सहकारी संस्थालाई व्यवस्थित रुपमा परिचालन गर्न सरकारलाई सुझाव दिईन्। उनले सार्वजनिक जग्गालाई व्यवस्थापनका लागि सरकारले चालिरहेको कदम उचित रहेको पनि बताइन्।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।