मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मन्‍त्री फेर्ने हल्ला मात्रै, राजपा महाधिवेशनको तयारीमा 

मन्‍त्री फेर्ने हल्ला मात्रै, राजपा महाधिवेशनको तयारीमा 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) का केही नेताहरुले मन्त्री फेर्ने हल्ला चलाए पनि पार्टी संस्थापन भने महाधविेशनको तयारीमा जुटेको छ।

प्रदेश २ मा मन्त्री फेर्ने भन्ने चर्चा केही दिनदेखि चले पनि त्यसबारेमा खासै छलफल नभएको राजपाका नेताहरुले बताएका छन् ।
 
राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले नेपाल समयसँग गर्दै भने,‘अहिले मन्त्री फेर्ने कुनै छलफल भएको छैन। कुनै बैठक पनि भएको छैन। यो अहिले हल्ला मात्र हो।’

प्रदेश २ का मन्त्रीहरुप्रति केही नेताहरुको असन्तुष्टि रहे पनि अहिले नै मन्त्री फेर्ने निष्कर्षमा कोही नपुगेको यादवले बताए।राजपाका महासचिव केशव झाले पनि केही व्यक्तिहरुले मन्त्री फेर्ने हल्ला चलाएको दाबी गरेका छन्।

‘पार्टीलाई बदनाम गराउन, मन्त्रीहरुको काममा असहयोग पार्न केही व्यक्तिहरुले यस्तो हल्ला चलाएको छ।’ झाले भने,‘अहिले यही मन्त्रीहरुले निरन्तरता पाउनेछ। जनताको चाहना अनुसार काम गर्नेछ।’

यता यादवले पार्टी अहिले महाधिवेशन केन्द्रीत भइरहेको बताए।आगामी कार्तिकमा जसरी पनि महाधिवेशन गर्नुपर्ने बताउँदै यादवले भने, ‘अहिले पार्टी महाधिवेशनको तयारीमा छ। सदस्यता वितरण पछिका कामहरु भइरहेको छ। पार्टीको सम्पूर्ण संयन्त्रलाई महाधिवेशनमा लगाउँदैछौं।’

महाधिवेशन तयारीका लागि बनाइएका समितिहरुको सक्रियता पनि बढेको महासचिव झाले बताए।आगामी कार्तिक २८,२९ र ३० गते जनकपुरधाममा हुने महाधिवेशनका लागि तयारी भइरहेको झाले जनाए।

राजपाको एकताको महाधिवेशन पटक पटक सर्दै आएको छ। तयारी पुरा हुन नसकेको भन्दै यसअघि तीन पटक राजपाको महाधिवेशन सरि सकेको छ। 
तर, अव महाधिवेशन नगरे कानुनी झन्झटमा पर्ने भएकोले महाधिवेशन गर्नै पर्ने बाध्यता रहेको झाले बताए।

उनका अनुसार पार्टीको विधान तयार भइसकेको छ भने अन्य तयारीहरु पनि अन्तिम चरणमा छ। अब बस्‍ने अध्यक्ष मण्डलको बैठकबाट महाधिवेशन सम्बन्धमा थप निर्णयहरु हुने झाले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।