मंगलबार, साउन २६, २०८३

 'धर्तीमाता'लाई थप सात दिन हिरासतमा राख्‍न आदेश

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- 'धर्तीमाता' भनेर दाबी गर्ने बुटवलकी विष्णु कुँवरलाई थप सात दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति दिएको छ ।

गत शुक्रबार बिहान बालाजुबाट पक्राउ परेकी कुँवरमाथि अनुसन्धानका लागि सात दिनको म्याद थपिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । परिसरको टोलीले युवतीमाथि सार्वजनिक ठाउँमा यातना दिएको आरोपमा पक्राउ गरेको थियो । 

काठमाडौंको भद्रकाली मन्दिरमा उनले बोक्सी झार्ने भन्दै एक युवतीलाई बर्बर यातना दिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।  उनले ती युवतीमाथि जाइलाग्दै ‘निस्किन्छेस् कि निस्किन्नस्, तेरो मासु खाम्ला, मलाई चिन्’ लगायत शब्द प्रयोग गरेर गालीगलौज र हातपात गरेको उक्त भिडियोमा देख्न सकिन्छ। 

उक्त भिडियो सार्वजनिक भएपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । कानुनले सार्वजनिकस्थलमा हातपात गर्नुलाई अपराध मानेको छ। उनले गरेका अन्य अपराधका विषयमा पनि प्रहरीलाई जानकारी आएकाले गम्भीर ढङ्गले अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले जानकारी दिए ।

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।