मंगलबार, साउन २६, २०८३

कति सम्पत्तिमा कति कर ? हेर्नुहोस् पुरा विवरण

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- काठमाडौं महानगरपालिका भित्र तपाईको घर वा जग्गा छ ? यदी छ भने तपाईले आफ्नो सम्पत्ति अनुसार महानगरपालिकालाई कर तिुर्नपर्छ ।
 
महानगरपालिकाले आगामी आर्थिक बर्षको लागि सम्पत्ति कर लागु गरेको छ । यदी तपाईको सम्पत्ति एक करोड रुपैयाँसम्म मात्र छ भने तपाईले मुल्यांकनको ०.०१० प्रतिशत अर्थात् एक हजार रुपैयाँ कर तिरे पुग्छ । 

तर यदी एक करोड रुपैयाँ भन्दा माथि दुई करोड सम्म सम्पत्ति भएमा मुल्यांकनको ०.०१५ अर्थात् १५०० रुपैयाँ तिर्नुपर्छ ।
 
त्यसैगरी तीन करोड रुपैयाँसम्म छ भने ०.०२० अर्थात् दुई हजार, चार करोडसम्म भएमा ०.०४० अर्थात चार हजार रुपैयाँ, पाँचकरोड रुपैयाँ सम्मको सम्पत्ति भएमा ०.०६० प्रतिशत अर्थात् ६ हजार रुपैयाँ र ६ करोड सम्मको सम्पत्तिमा ०.१०० अर्थात् १० हजार रुपैयाँ महानगरपालिकालाई कर तिर्नुपर्छ ।
 
त्यस्तै ८ करोडसम्मको सम्पत्तिमा ०.०३०० अर्थात् ६० हजार रुपैयाँ १० करोड सम्मको सम्पत्तिमा ०.४५० प्रतिशत अर्थात् ९० हजार रुपैयाँ र त्यसमाथिको जति भएपनि ०.६०० प्रतिशतका दरले कर लाग्ने महानगरपालिकाले जनाएको छ ।
 
महानगरपालिका अनुसार भवनको क्षेत्रफल कायम गर्दा स्विकृत नक्सा र निर्माण भएको भवनको क्षेत्रफलमा फरक परेमा निर्माण भएको भवनको क्षेत्रफललाई आधार मानेर सम्पत्ति कर निर्धारण गरिने छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।