कपिलवस्तु- जिल्ला मालपोत कार्यालय कपिलवस्तुमा आगलागी भएको छ। सदरमुकाम तौलिहवामा रहेको कार्यालयको माथिल्लो तल्लामा रहेको कार्यालय प्रमुखको कार्यकक्षमा आइतबार बिहान आगलागी भएको हो।
आगलागीबाट कम्प्युटर, प्रिन्टर मेसिन, फोटोकपी मेसिन, फर्निचर पुर्णरुपमा जली नष्ट भएका छन्। आगलागीका कारण झण्डै १० लाख रुपैयाँ बराबरीको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
बिहान पौने ८ बजेदेखि सुरु भएको आगलागी प्रहरी, कपिलवस्तु नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा आएको छ।
विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४