मंगलबार, साउन २६, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न प्रधानमन्त्री ओलीको चेतावनी

अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न प्रधानमन्त्री ओलीको चेतावनी

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालस्थित विदेशी कुटनीतिक नियोग र पदाधिकारीलाई अनावश्यक कुटनीतिक हस्तक्षेप नगर्न सचेत गराएका छन्।

परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानले शनिबार राजधानी काठमाण्डौमा गरेको ‘परराष्ट्र नीति राष्ट्रिय संवाद’ कार्यक्रममा प्रधानमन्त्री ओलीले कुटनीतिक मर्यादा उलंघन गर्दै नेपालको सार्वभौमिकता माथि नै आँच आउने क्रियाकलाव नहोस् भन्ने आफुले चाहेको बताएका हुन्। 

कुनै पनि मुलुक हेपिन अरु मुलुकबाट हेपिन नचाहने उल्लेख गर्दे उनले नेपालले पनि त्यस्तो नहोस् भन्ने चाहाना राख्ने बताए।

प्रधानमन्त्री ओलीले भने, ‘आज पोलिटिकल डिप्लोमेसी मात्र छैन। पोलिटिकल डिप्लोमेसी भन्दा अगाडि इकोनोमी डिप्लोमेसी गैरहेको छ। यद्यपी हामी जस्ता अलिक साना देश अलिक कमजोर देश, अलिक पछाडि परेको देशलाई पोलिटिकल इकोनोमी पनि त्यत्तिकै आवश्यकता छ। कुनै पनि राष्ट्र वास्तवमा हेपिन चाहदैन,  हेपिन मान्दैन। हामी पनि हेपिन चाहदैनौँ। र सार्वभौम समानाताको आधारमा सम्बन्धहरु बन्छन्। ती मान्यताका साथ हामी अगाडि जान्छौ। सार्वभौम समानता जहा हाम्रो सार्वभौम राष्ट्रको अर्थ र मर्महरुको सम्मान होस् अवश्य नै हामी एक्स्ट्रा डिप्लोमेटिक एक्टीभिटिज हाम्रा मित्रहरुबाट कसैबाट पनि नहोस भन्ने चाहन्छौँ। ताकि हाम्रो सोभरेन्टी वा नेशनल प्राइडलाई अण्डरमाइन गरेको हामीले महशुस गर्नुपर्ने स्थिति नहोस्। त्यो हामी चाहन्छौ।’

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालको परराष्ट्र नीति निर्माण र संञ्चालनमा यथासम्भव साझा दृष्टिकोण बनाई अघि बढ्दा छिमेकी मुलुक लगायत विश्व समुदायको सद्भाव र सहयोग प्राप्त भई देश विकासको गतिलाई तिब्रता दिन सहज हुने बताए।

कार्यक्रममा आर्थिक कुटनीति अभिमुखीकरण एवम् प्राथमिकताहरु, परिर्वतित भू–राजनीति, जलवायु परिवर्तन तथा श्रम आप्रवासका नविन चुनौति र क्षेत्रीय तथा बहुपक्षीय मामिलाका विषयमा छलफल गरिएको थियो।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।