मंगलबार, साउन २६, २०८३

असारमा बजेट सकाउने खल्तीका योजना

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- पूर्व अर्थसचिव रामेश्वर खनालले धेरैजसो खल्तीका आयोजनाहरुको काम मात्र असारमा हुने गरेको बताएका छन्।

शनिवार विवेकशील साझा पार्टीले आयोजना गरेको ‘असारे विकास राजस्वको सत्यानास’ विषयक छलफल कार्यक्रममा उनले सबैभन्दा ठूलो समस्या भनेको असारमा काम देखाएर बजेट स्वाहा पार्ने प्रबृत्ति रहेको दाबी गरेका हुन्। 

उनले भने ‘म अर्थसचिव हुँदा पनि असारको अन्तिममा खल्तीबाट आयोजना बनाउने र बजेट रकमान्तर गरेर हतार हतार काम सक्ने प्रवृत्ति थियो, एक पटक असार २७ गते मन्त्रीपरिषद्को निर्णयले पुतली सडकमा पिच गर्नका लागि बजेट पारेर असार २७ गते नै काम सकेर ३१ गते भुक्तानी लिएको समेत उदाहरण छ।’ 

उनले असारमा बजेट खर्च देखिनुको तीन कारण रहेको स्पष्ट पारे। उनले भने, ‘पहिलो कारण भनेको कुनै पनि आयोजनाको ठेक्का समयमा नै नलाग्नु जसले गर्दा काम नै ढिला हुन्छ र खर्चको लागि कागजपत्र मिलाएर पेमेन्ट लिदा असार पुग्छ।, दोस्रो समयमा नै आयोजना सकिए पनि त्यसको पेमेन्टमा ढिलाई हुनु र तेस्रो नियोजित रुपमा नै काम असारमा गर्ने र पेमेन्ट पनि असारमा नै लिने प्रवृत्ति हाबी हुनु।‘

उनले पछिल्लो तेस्रो प्रवृत्ति देशको विकासको लागि खतरनाक भाइरस भएको बताए। त्यसैगरी उनले गोजीका आयोजनाहरुमा मन्त्रीपरिषद्ले निर्णय गरेर ति आयोजनाहरुमा रकमान्तर गरी बजेट सकाउने प्रवृत्ति हावी भएको र कुनै पनि अर्थमन्त्रीले यो प्रवृत्तिलाई रोक्न नसक्ने दावी गरे। 

उनले रकमान्तर गरिनु असल बजेट अभ्यासको दृष्टिकोणले राम्रो भए पनि नेपालमा  खल्तीका आयोजनाहरुमा रकमान्तर गरेर जनताले तिरेको राजस्वको दुरुपयोग गर्नु गलत भएको बताए।

मुल्यवृद्धिका प्रसंगमा सोधिएको एक प्रश्नमा उनले केही वस्तुको आयातमा गरिएको कर वृद्धि सामाजिक सुरक्षा तथा वृद्ध भत्तामा भएको वृद्धि, तलव वृद्धि र संसादको लागि दिइएको ६ करोडले मुल्यवृद्धिको लागि प्रेसर पर्ने भए पनि नेपाल राष्ट्र बैंकले व्यालेन्स गरेर मोनीटरी पोलीसी ल्याएमा सरकारको लक्ष्य अनुरुप नै मुल्यवृद्धि राख्न सकिने दावी गरे। 

त्यस्तै उनले अमेरिका र चीनको व्यापारिक द्वन्द्वले नेपालको अर्थतन्त्रलाई फाइदा पुग्ने स्पष्ट पारे। यदि अमेरिकाले चिनियाँ कम्पनीलाई प्रतिवन्ध लगाएमा ति कम्पनीहरु बजार खोज्दै नेपालसम्म आइपुग्ने हुँदा नेपालमा लगानी बढ्ने बताए। 

यदि नेपालमा विभिन्न सामग्री उत्पादन गर्न सकेमा अल्पविकसित मुलुकले लिने सुविधा अमेरिकाबाट लिन सक्ने समेत उनको भनाई। 

त्यस्तै उनले अर्थमन्त्रीले बजेट ल्याउदा राजनीतिक व्यक्तिको रुपमा नभएर टेक्नोक्रयाटकै रुपमा बजेट ल्याएको उनले बताए।

उनले भने, ‘यदि अहिलेको अर्थमन्त्रीले राजनीतिक नेता जसरी बजेट ल्याएको भए कर्मचारी, संसद र पार्टीको रणनीति अनुसार नै बजेट बढेर आउँथ्यो तर त्यसरी आएन।’

‘अर्थमन्त्री फेलर हुन राजस्व घाटा भएको हुनुपर्छ तर त्यसो भएको छैन। जसरी हेरे पनि राजस्व बचतमा नै छ, त्यस्तै पूँजीगत भन्दा चालु खर्च बढी भएको भनिए पनि चालू खर्चको करिव ८० प्रतिशत रकम पनि पूँजी निर्माणको लागि नै प्रयोग हुने हो त्यसैले बजेट व्यालेन्समा नै छ।’ उनले भने।  
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।