काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले असार मसान्तभित्र पार्टी एकिकरणको सम्पुर्ण कार्य सम्पन्न हुने बताएका छन्।
मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार राजधानीको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पाटी एकतामा केही अलमल भए पनि निरास हुने अवस्था नरहेको बताएका हुन्।
एकतामा भएको ढिलाईबाट केही आंशका उब्जिएको र त्यसैलाई लिएर खिसिट्युरी हुने गरेको उल्लेख गर्दै उनले चालू आर्थिक वर्षको समाप्ती संगै एकिकरणका काम पनि पुरा हुने बताए।
उनले सरकारले राम्रो काम गर्दै आएको र आगामी आर्थिक वर्षमा नयाँ उत्साहका साथ अघि बढ्ने स्पष्ट पारे।
उनले भने, ‘सरकारले राम्रो काम गरेको छ। सरकार आफ्ना महान उद्देश्यमा दृढ छ। लोकतन्त्रको रक्षा गर्ने कुरामा, लोकतन्त्र सुदृढ गर्ने कुरामा, लोकतन्त्र कार्यान्वयन गर्ने कुरामा र लोकतन्त्रका व्यापक उद्देश्यहरु साकार पार्ने कुरामा। देशमा शुसासन र विकास हासिल गर्ने कुरामा।’
आफुहरुले सरकार माथि जबरजस्ती विश्वास गर नभन्ने भन्दै उनले सरकारले गरेका कामहरुको मुल्यांकन गर्न आग्रह गरे।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४