जनकपुरधाम- सर्लाहीमा अज्ञात व्यक्तिले गोली चलाउँदा एक मजदुर घाइते भएका छन्।
सर्लाहीको लालबन्दी नगरपालिका–१ को नवलपुरमा अज्ञात व्यक्तिको गोली प्रहारबाट स्थानीय ३० वर्षीय जयनाथ महतो घाइते भएको प्रहरीले जनाएको छ।
ब्रम्हस्थान मन्दिर निर्माणमा मजदुरीको काम गर्दै गरेको अवस्थामा मोटरसाइल चढेर आएका दुईजनाको समूहमा आएका व्यक्तिहरुले गोली प्रहार गरेको बताइएको छ।
महतोको दाहिने हातमा गोली लागेको सर्लाही प्रहरीले जनाएको छ।
गोली लागेर घाइते भएका महतोलाई उपचारको लागि वीरगंज पठाएइएको छ। स्थानीयका अनुसार हतियारधारी समूह गोली प्रहार गरेर जंगलतर्फ भागेका थिए।
गोली कसले र किन चलाएको खुल्न सकेको छैन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४