मंगलबार, साउन २६, २०८३

प्रचण्डले किन भने 'हामी पनि मारिन सक्छौँ ?'

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमला दाहालले राजनीतिक हत्याका घटना दोहोरिन सक्ने संकेत गरेका छन्।

मदन भण्डारीको ६८ जन्मजयन्तीको अवसरमा शनिबार काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले राजनीतिक हत्या प्रतिहत्याका दोषीलाई पत्ता लगाई भविस्यमा त्यस्ता घटना नदोहोरिने सुनिश्चिता गर्न नसकिएको बताएका हुन्। 

मदन भण्डारीको नियोजित हत्या हो भन्ने सबैलाई लागेको भए पनि आजसम्म हत्यारा किटान गरेर भन्न सक्ने र प्रमाण प्रस्तुत गर्न नसकेकाले भोलि पनि त्यस्तै घटना दोहोरिन सक्ने संकेत उनले गरे। 

नेपालको इतिहासमा उच्च राजनीतिक हत्या प्रतिहत्याका भयानक र लामो श्रृंखला भएको उल्लेख गर्दे उनले ठूलाठूला राजनीतिक हत्या प्रतिहत्याका घटनाहरु रोक्ने प्रयासमा सरकार अहिले सम्म सफल हुन नसकेको बताए।

मदन भण्डारी हत्या, उनका चालकको हत्या अनि दरबारहत्याकाण्ड भईसक्दा पनि अहिलेसम्म हत्यारा पत्ता लगाउन नसकेको तर्फ गम्भीर हुनुपर्नेमा प्रचण्डले जोड दिए।

प्रचण्डले भने, ‘मैले पहिलोचोटी प्रधानमन्त्रीको रुपमा नारायणहिटीको अगाडि उभिएर भने हत्यारा पत्तालाई छोडिन्छ तर पत्ता लगाउन सकिएन। के ले दिदैन हामीलाई ? जनताले नदिएको त पक्कै होइन। हामी अहिले सरकारमा छौँ। सरकारको नेतृत्व गरेका छौँ तर भन्न सक्ने ठाउमा छैँनौ। बरु यसलाई त्यसै त्यसै ढिला हुन दिउँ त्यसै ठिक हुन्छ भन्या जस्तो अवस्था हाम्रो छ। कमरेड मदन भण्डारीको रहस्यमय अवसान किन भयो र भोलि त्यस्तै हुदैन भन्ने कुराको ग्यारेन्टी हामीले किन गर्न सकिराखेका छैनौ मेरो प्वाईन्ट त्यहाँनिर हो।’

प्रचण्डले राजाविरुद्ध बोल्न सक्ने र वैदेशिक प्रतिक्रियावादीलाई पनि ठाडठाडै लल्कार्न सक्ने हैसियत राख्ने नेता पनि भएकाले प्रतिक्रियावादीहरुले हत्याको डिजाईन गरेको हो भनेर बुझ्न गाह्रो नभए पनि हत्यारा पत्ता लगाउन नसक्दा भविष्यमा पनि त्यस्ता घटना हुन सक्ने आंशका गरे।

उनले भने, ‘तपाई हामी यसलाई मदन भण्डारीको महानता ठान्छौ कि? कमजोरी? कमरेड मदन भण्डारीको देशभक्ति, उद्देश्य प्रतिको निष्ठा र प्रतिक्रियावादीहरु प्रतिको उहाँको वर्ग दृष्टिकोण हो त्यो। त्यस अर्थमा उहाँ महान हुनुहुन्थ्यो भनेर नै हामी भन्छौ। त्यसो भन्छौ भने कहिले काही मलाई चिन्ता लाग्ने कुरो के हो भने हामी आज भोलि आफ्नो छाला बचाउन तिर लाग्नेमा त छैनौँ कतै ? भाषा नरम गरेर नरिसाउन प्रतिक्रियावादी भन्ने तिर पो जान लागेका त छैनौ ? हामी मारिएका छैनौ अहिलेसम्म। मारिन पनि सक्छौ। यहाँ विचारणीय छ। ”

उनले जनताका आकांक्षा सम्बोधन गर्ने र राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरुलाई सन्तुलन राख्ने प्रक्रियामा सबैको समान बुझाई, चिन्ता र सामुहिक मेहनत नभए दुई नेता असफल हुने खतरा तर्फ जान सक्ने संकेत गरे।

पार्टी सुदृढ गर्दै सरकारलाई सफल पार्ने र जनआकांक्षालाई सम्बोधन गर्ने विषयमा असफल भए दुई नेताको मात्रै असफलता नहुने भन्दै उनले त्यसले सिंगो मुलुकको प्रणालीनै खतरामा पर्ने संकेत गरे।

प्रचण्डले भने, ‘दुई नेताको मात्रै असफलता हुनेवाला छैन। त्यो नेकपाको मात्रै असफलता हुनेवाला छैन। पार्टी एकता गरेर असफल भईसकेपछि कम्युनिष्ट आन्दोलन फेरि यही रुपमा उठ्न सायदै सम्भव हुन्छ। सिद्धियो भने दुईटै एकैचोटी। अब यो पार्टी मात्रै सकिएर कांग्रेस छँदै छ नि कांग्रेसले लिड गर्ला भन्ने स्थिति पनि नेपालमा अब छैन। कांग्रेसले कम्युनिष्ट पार्टी झगडा गरिदिए देखि हाम्रो पालो आउँथ्यो भनेर सोच्दै नसोचे हुन्छ। हुनेवाला यो सिस्टम पनि जानेवाला छ र देशको एकता पनि खतरामा पर्नेवाला छ।’

उनले सबैखाले पूर्वाग्रह र संकिर्णतामाथि बिजय हासिल गर्दै देश काल परिस्थितिको माग अनुसार मिल्न सक्ने जति सबै मिलाएर अघि बढ्ने संकल्प गर्नुपर्ने र यही पाठ नै मदन भण्डारीबाट सिक्नुपर्ने बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।